
काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा १६ जना केन्द्रीय सदस्य थपिएका छन् । यससँगै रास्वपामा केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले थप १६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।निशा मेहता, बिन्दबासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बु सरकार श्रेष्ठ, टीका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल, गोमा क्षेत्रीलाई मनोनित गरेको स्वतन्त्र पार्टीले जनाएको छ ।



मनोनित भएका अधिकारी अर्घाखाँचीका हुन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ वाङ्ला घर भएका व्यवसायी अधिकारी केन्द्रीय सदस्यमा मनोनित भएकोमा अर्घाखाँची स्वतन्त्र पार्टीका संयोजक हरिप्रसाद भुसालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।








