
पवित्रा पौडेल, बुटवल



नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटि क्याम्पस ईकाइ समिती द्वारा फाल्गुन २ गते “लेख लेखन र नेतृत्व विकास प्रशिक्षण कार्यक्रम” गरिएको छ । नवगठित नेविसंघ कार्यसमितिले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत स्नातक तहका विद्यार्थीहरुका लागि प्रशिक्षण कार्यक्रम राखेको थियो ।
कार्यक्रममा लेख लेखन प्रशिक्षकका रुपमा नारायण घिमिरे भावुक र नेतृत्व विकास प्रशिक्षकमा सुशील बस्याल हुनुहुन्थ्यो । कानुनी संकायका विद्यार्थी भएका कारण बौद्ध विश्वविद्यालय सिटि क्याम्पसका विद्यार्थीहरुलाई लेख लेखन सहित नेतृत्व विकास प्रशिक्षण कार्यक्रम विद्यार्थीका लागि अझ महत्त्वपूर्ण रहेको ईकाइ सचिव पवित्रा पौडेलले बताउनुभयो । त्यसैगरी लेखन सिपको विकासका लागि प्रेरणा र आफुले लेखन प्रयासको लागि पोर्ट्फोलियो बनेको प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थी करिस्मा खनालले प्रतिक्रिया व्यक्त गर्नुभयो ।
विडम्बना: सोही क्याम्पसमा BALLB 2nd सेमेस्टरमा अध्ययनरत छात्रा एलिसा अर्यालको उपचारको क्रममा भएको दु:खद निधनको खबर प्राप्त भएका कारण कार्यक्रमको औपचारिक समापन गर्नेगरी अघि बढ्न आयोजक र प्रशिक्षक असमर्थ भइ ब्रह्मालिन आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली गर्दै कार्यक्रमको समापन गरिएको थियो ।








