ट्रेन्डिङ

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा : यस्तो छ, पौडेल र नेम्वाङको राजनीतिक यात्रा

काठमाण्डौ । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावमा लागि आज नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो ।

पौडेल र नेम्वाङ दुवै जना पूर्व सभामुख हुनुहुन्छ । पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको थियो ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ । कांग्रेसको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले संविधानको भावनालाई अक्षरसः पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।

यसअघि सभामुख तथा उपप्रधानमन्त्री भइसकेका पौडेल गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो । गएराती नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् । यस्तै नेपाल समाजवादी पार्टी ९नेसपा० ले पनि राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई मत दिने जनाएको छ ।

नेता पौडेल मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट फराकिलो मतान्तरसहित विजयी भएर छैटौँ पटक संसदमा प्रवेश गर्नुभएको थियो । उहाँ यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसबीचमा उहाँ उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी समेत निभाउनुभएको थियो । विसं २००१ असोजमा तनहुँको साविकको रिस्ती गाविसमा पर्ने बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहनुभएका पौडेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति हुनुभएको थियो । उहाँका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांगे्रस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा समसामयिक लेख प्रकाशित छन् ।

त्यस्तै एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो । नेम्वाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ । आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेम्वाङ एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख हुनुहुन्छ । उहाँ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उम्मेदवारी दर्तापछि नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।

इलाम नगरपालिका–७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै अहिले उपाध्यक्ष हुनुहुन्छ । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम–२ बाट लगातार निर्वाचित हुनुभएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष र सभामुख तथा २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख हुनुभएको थियो । विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय ९वरिष्ठ अधिवक्ता० रहनुभएका उहाँले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनका जानकार र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेका योग्य उम्मेदवार भएको समेत बताउनुभएको छ । फागुन २५ गते राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिंदैछ ।

सम्बन्धित खवर