
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा आज १ नं वडा कार्यालय, सिद्धेश्वरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा न १ का वडाध्यक्ष सोम बहादुर दर्लामीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, गाउँपालिका उपाध्यक्ष युवराज थापा तथा प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।



कार्यक्रममा १ नं वडा कार्यालयमा कार्यरत कर्मचारी कृष्ण रायमाझीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरूका उपर जपाफ प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सम्बन्धित शाखाका कर्मचारीहरूले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथले गरेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम २०७९/११/२५ गते देखि क्रमश सम्पूर्ण वडाहरूमा सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत दिनेश शारूले जानकारी दिनुभयो ।









