
काठमाडौं, २ बैशाख । शैक्षिक सत्र सुरु हुनु अगाडि नै हिमाली जिल्लाका दुर्गम गाउँका विद्यालयमा पुगे पाठ्यपुस्तक पुगेका छन् ।



पहिले परीक्षा सुरु हुनेबेलासम्म किताब नपुग्दा समस्या हुने गरेको थियो । तर यो वर्ष समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ ।
सरकारले पहिलो पटक चैत २० गते हिमाली जिल्ला ताप्लेजुङलाई पाठ्यपुस्तक उपलब्ध गराएको छ । पुस्तक ढुवानीको जिम्मा स्टेसनरी व्यवसायी महासंघले लिएको छ ।
हिमाली जिल्लाका दुर्गम क्षेत्रका सबै विद्यालयमा पुस्तक दिवस अर्थात् बैशाख ५ गते अगाडि नै पुस्तक पुर्याउने लक्ष्य रहेको छ ।








