
अर्घाखाँचीको पाणिनि ।अर्घाखाँचीको आयोजनामा पाणिनि ५ मैदानमा वृहत् लोकभजन प्रतियोगिता सम्पन्न भएको छ । बैदिक सनातन धर्म सेवा समाजले लोक संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
पाणिनि गाउँपालिका स्तरीय लोक भजन प्रतियोगितामा सहभागि हुनकालागि गाउँपालिका भित्रका विभिन्न भजन समूहहरूको उपस्थिति रहेको थियो । गाउँपालिका भित्रका जम्मा ६ वटा समूहहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम निकै रोचक र नौलो प्रकृतिको रहेको दर्शकहरूले बताएका छन् ।
आज सम्पन्न लोक भजन प्रतियोगितामा प्रथम पाणिनी ४ को भजन समूह, द्वितीय स्थान पाणिनी ७ को भजन समूह, तृतीय स्थान पाणिनी ४ धातिवाङ्गको समूह र सान्त्वना स्थान पाणिनी ५ को झुमादेवी भजन समूहले प्राप्त गरेको थियो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान प्राप्त गर्ने भजन समूहहरुलाइ क्रमशः दश हजार, सात हजार, पाँच हजार, तिन हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।



दर्शकहरूको बाक्लो उपस्थितिमा निकै रोचक र भव्य ढंगले उक्त कार्यक्रम सम्पन्न भएको छ। बैदिक सनातन धर्म सेवा समाजको आयोजनामा यसप्रकारका विविध कार्यक्रमहरु समय समयमा आयोजना हुने गरेको र यस्ता कार्यक्रमहरूको मुख्य उद्देश्य संस्कृति र परम्परालाई जगेर्ना गर्दै समयसापेक्ष रुपमा अगाडि लैजानु मै केन्द्रित रहेको संस्थाका उपाध्यक्ष एवं संयोजक अनन्तप्रसाद घिमिरेले बताएका छन्।








