
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । भारतको दिल्लीस्थित एम्समा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार भएको चिकित्सकको भनाइ उदृत गर्दै दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।



दूतावासका अनुसार राष्ट्रपति पौडेललाई भोलिसम्म डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन् । दुई सातादेखि उनको एम्समा उपचार भइरहेको छ ।
पेटमा समस्या देखिएपछि सुरुमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराएका पौडेललाई पछि एयरएम्बुलेन्समार्फत दिल्ली लगिएको थियो ।









