
तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्णखोप सुनिश्चतता घोषणा भएको छ । निश्चित सूचकहरू पूरा गरेको आधारमा मंगलबार एक कार्यक्रमबीच रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।



पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले सुपादेउराली खबरलाई जानकारी दिनुभयो ।
गाउँपालिका पूर्ण खोप सुनिश्चिता पालिका घोषण गर्नका लागि अन्तिम तयारीमा जुटेपछि जिल्ला खोप समन्वय समिति पाल्पाले अनुगमन गरेपछि औपचारिक कार्यक्रमका साथ पुर्णखोप गाँउपालिका सुनिश्चतता घोषणा गरिएको संयोजक सुनिल अधिकारीले बताउनु भयो ।
स्वास्थ्य शाखाले पालिकाका ८ वटै वडामा दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि जन्मिएदेखि १६ देखि २३ महिनामा लगाउनु पर्ने सबै खोपको मात्रा सर्वेक्षणमा लगाएको तथ्यांक पाईएको संयोजक सुनिल अधिकारीको भनाई छ ।

स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मंगलबार रिब्दीकोट गाउँपालिकामा एक कार्यक्रम आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा.राजेन्द्र कुमार गिरी जानकारी दिनुभयो ।
पुर्ण खोप पालिका निरन्तरता भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनालले जिल्लाका हरेक स्थानीय तहमा यो कार्यक्रम दौरानमा रहेकोले पछिल्ला समयमा जिल्लामा खोप कार्यक्रम सम्पन्न गरेकोले घोषणा गर्दै लगेकोले स्वास्थ सस्था लाई बलियो गुणस्तर ,प्रभावकारिता बनाउदै लैजान आग्रह गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष नारायण बहादुर कार्कीले पूर्ण खोपको दिगोपना कायम रहेको अवस्था भएकोले हामी पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्दछौं, आगामी दिनमा कुनैपनि अवस्था र परिस्थितिमा कुनै पनि बालबालिका कुनै पनि खोप लिनबाट बन्चित हुने छैनन् ।खोप कार्यक्रमको मुख्य लक्ष्य बालबालिकाहरुमा खोपबाट जोगाउने सकिने रोगहरुबाट हुने बिरामी दर,अपाङ्ग दर तथा मृत्यु दर कम गराउने रहेको अध्यक्ष कार्कीले सुपादेउराली खबरलाई बताउनु भयो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल रहनु भएको थियो। विशिष्टअतिथिहरु गाँउपालिका उपाध्यक्ष कान्ता अधिकारी, स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा.राजेन्द्र कुमार गिरी, अतिथिहरु गाँउपालिका प्रवक्ता,वडाका वडा अध्यक्षहरु, पालिका कर्मचारी टिम, स्वास्थ्य कार्यालयका कर्मचारी टिम, स्वास्थ्य संस्था प्रमुखहरु,खोपकार्यकर्ताहरु विच घोषणा गरिएको थियो ।

गाउँपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको सहयोगमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको तथा खोप कार्यक्रम लाई प्रभावकारी रुपमा बस्ति बस्ति टोल तथा कार्यालयमा रहेर सहजीकरण गरेको भन्दै खोप कार्यकता स्वास्थ स्यम सेविका लाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ शाखा संयोजक सुनिल अधिकारी ले गर्नु भएको थियो ।










