
तानसेन । राजेन्द्र लिगल – नेपाल नेत्रज्योति संघ पाल्पा को २२ औ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।सभा को प्रमुख अतिथि संघ का लुम्बिनी प्रदेश का सभापति सागर प्रताप राणा ले उदघाटन गर्नु हुँदै आँखा उपचार केन्द्र लायन्स लाकोल आँखा अस्पताल मा परिणत भएको मा खुशी व्यक्त गर्दै आँखा उपचार मा ध्यान दिनु पर्ने मा जोद दिनु भयो ।



प्रमुख अतिथि राणा ले आजिवन सद्स्य बारेमा निश्चित मापदण्ड भएको ले केन्द्र ले निर्णय लिने बताए ।वहाँले अस्पताल लाई लुम्बिनी नेत्र बिज्ञान अध्यन सस्था भैरहवा ले सहयोग गर्ने बताउनु भयो ।
सभा मा आँखा अस्पताल मा कार्यरत उत्कृष्ट कर्मचारी आँखा उपचार केन्द्र रैनादेबी छहरा का इन्चार्ज मनोज शर्मा , २० बर्ष सेवा अबधि पूरा गर्नु भएको कर्मचारी सुनिता प्रधान ,सायरा बेगम र राम नारायण सिह स्थापना काल देखि कार्यसमिति मा रहेर सेवा गर्नु भएको माया देबि बज्राचार्य लगायत लाई सम्मान गर्नु कासथै सपुर्ण कर्मचारी हरु लाई मस्या को चिनु प्रदान गरिएको थियो ।
कार्यक्रम मा पाल्पा उधोग बाणिज्य संघ का निबर्तमान अध्यक्ष राजु महर्जन नेपाल रेड्क्रस सोसाइटी पाल्पा का सभापति बाबुराम कार्की ,त्रिभुवन बहुमुखी क्याम्पस का निमित्त प्रमुख कृष्ण कार्की , डाक्टर सुचेन पुन लगायत ले बोल्नु भएको थियो ।
भिमसेन कार्की ले वार्षिक प्रतिवेदन सह कोषाध्यक्ष बेद राम श्रीसले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। बन्द सत्रले सचिव र कोषाध्यक्ष बाट प्रस्तुत सतुत प्रतिवेदन पास गर्नु को साथै अधिवेशनले पुन बुद्धि प्रसाद शर्मा सभापति रहेको १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ।
संघका अध्यक्ष बुद्धि प्रसाद सर्मा को सभापतित्व सह सचिव राजेन्द्र लिगल को स्वागत र सचिव भिमसेन कार्की को सन्चालन कार्यक्रम सम्पन्न भएको थियो ।








