
तानसेन । जिल्ला पाल्पा तिनाउ ५ कालिमाटिमा धुले पहिरोको कारण सिद्वाथ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक अबरुद्व भएको छ ।



पाल्पाको तिनाउ ५ कालिमाटीमा गएको धुले पहिरोका कारण सिद्धार्थ राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला ट्राफिक जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्र.ना.नि.दामोदर मल्लले बताउनु भयो । सडक अबरुद्व भएपछि सिद्धार्थ राजमार्ग बाटो भएर हिड्ने सबै सवारी साधन रोकिएका छन ।
अबरुद्ध सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय संग समन्वय भएको मल्लले सुपादेउराली खबलाई जानकारी दिनुभयो ।
प्रमुख प्र.ना.नि दामोदर मल्लका अनुसार अबरुद्ध सडक खोल्नलाई १.३० घण्टा लाग्न सक्छ सक्ने बताउनु भएको छ ।









