
अर्घाखाँची ।अर्घाखाँची जिल्लाकाे शितगंगामा ट्रयाक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
मकै छर्ने क्रममा शितगंगा नगरपालिका वडा नं. ४ मा ट्याक्टर दुर्घटना हुदा सितगंगा नगरपालिका वडा नं. ४ कोप्चेवास बस्ने ३८ बर्षिय राजु नेपालि भनिने मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर ४ स्थित उमकला नेपालिको वारि जोत्ने क्रममा लु. ४ त ९४१८ नम्बरको ट्र्याक्टरले च्यापिन गई नेपालिको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारि प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।











