
तानसेन । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना भोली अर्थात बैशाख ३० गते शनिबार तानसेनको बतासे डाडाबाट रानीमहल सम्म रानीमहल दौड प्रतियोगिता हुने भएको छ ।



तानसेनको बतासे डाडादेखि रानीमहल सम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा आयोजना गरीएको हो । उक्त दौडमा सहभागी विजेतालाई पुरस्कारको व्यवस्था गरीएको सञ्जय मेमोरियल फाउन्डेशनले जनाएको छ ।
दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, चौथोलाई ३ र पाचौंलाई २ हजार रुपैया प्रदान गरिने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन ।
दौडमा स्थानीयसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहने सह -आयोजक पाल्पा भलिबल संघले जनाएको छ । दौड विहान ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।








