
काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज बिहीवारको संसद् बैठकमा सहभागी हुन नसकेको बताए ।



अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिनुभएको हो । उनले आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताए पनि अनुपस्थित भएका थिए । ओलीले स्वास्थ्यमा सुधार आएपछि नक्कली शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने पनि बताए ।
‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु, ओलीले भने ।’








