
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीनदिन देखि बेपत्ता भएका छन्।



खोक्लिङको केराबारीका २७ वर्षिय बिजय लिम्बू आफ्ना हजुरबुबा लोकबहादुर लिम्बूको मलामी गएको बेला मेवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।








