
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती क्युरेछेडामा जिप दुर्घटना भएको छ । सालझण्डीबाट अर्घाखाँचीको पणेनाका लागी जादैँ गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार दुर्घटनामा दुई महिला र एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
जम्मा १५ जना सवार रहेको उक्त सवारीमा रहेका अन्य यात्रुहरू घाइते रहेका छ्न सबै घाइतेलाई रुपन्देहीको अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन भने घाइतेमध्य केहिको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए।
दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सवारी सडकदेखि करीब ४० मिटर तल खसेको छ ।








