
तानसेन। पाल्पा जेसिजको आयोजनामा जिल्ला खेलकुद विकास समिति पाल्पा र जिल्ला फुटबल संघ पाल्पाको समन्वयमा शुक्रबार मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।



तानसेनस्थित टुंडिखेल मैदानमा हुने प्रतियाेगिता पाल्पा जेसिज र बैकर्स संघ पाल्पाबीच हुनेछ।
पाल्पा जेसिजका सन् १९९२ का अध्यक्ष एवम तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठको कप्तानी र बैकर्ष पाल्पाका संयोजक एवम कुमारी बैकका शाखा प्रवर्धक सन्तोष रायमाझीको कप्तानीमा मैत्रीपूर्ण खेल हुने जेसिजका महासचिव एवम बैकर्ष पाल्पाका सदस्य महेश खनालले बताए।
तानसेनलाई खेलमार्फत पर्यटन पर्वधन गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
पाल्पामा भर्खरै सम्पन्न भएका दुई खेल “पाल्पा गोल्ड कप-२०८०” र “पाल्पा विच भलिबल प्रतियोगिता(पुरुष)-२०८०” सम्पन्न भएका छन ।कर्णेल उजिरसिंह “पाल्पा गोल्ड कप-२०८०” को उपधी सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रड्स, भरतपुर- चितवन र “राष्ट्रिय विच भलिबल प्रतियोगिता(पुरुष)-२०८०”मा त्रिभुवन आर्मीले जित हात पारेको थियाे ।
तानसेनलाई खेल पर्यटनकाे रूपमा विकास गर्नका लागि थप इटा थप्ने हेतुका पाल्पा जेसिज र बैकर्स पाल्पाबिच मैत्रीपूर्ण फुटबल प्रतियाेगिता आयाेजना गर्न लागिएको आयाेजकले जनाएका छन








