
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।



विभिन्न मन्त्रालयमा कार्यरत रहेका उपसचिव तथा शाखा अधिकृतहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको हो । केहीलाई मन्त्रालय तथा अन्तर्गतका निकायमा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका उपसचिव कमानसिंह थापा मगरका अनुसार सरुवा व्यवस्थापन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्दै शुरूआत गरिएको हो ।
‘केही कर्मचारीहरू संघीय राजधानीस्थित एउटै मन्त्रालयमा ३–५ वर्षसम्म बस्दै आएकोमा स्थानीय तह सरुवा गरिएको हो,’ उनले लोकान्तरसँग भने, ‘त्यसैगरी दुर्गम वा राजधानी बाहिर लामो समयदेखि बसेका कर्मचारीलाई राजधानी ल्याइएको हो ।’
स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियान स्वरूप सरुवा भएको उनले बताए ।
को कहाँ हेर्नुस् सूची










