
रुपा थापा



तानसेन – पाल्पामा लडेर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–५, वीर गाहको छोरा वर्ष ४६ को शेर शेरबहादुर गाहाको दालचिनीको काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
शनिबार घरदेखि तिन किलोमिटर टाढा चिन्डियाँ गैरा नजिकै रहेको दालचिनीको बोटमा चढेर हाँगा काट्ने क्रममा लडेर गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर घटनास्थलमै मृत्यु भएका गाहाको शवको पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको सम्बन्धित थप अनुसन्धान कार्य रहेको उहाँले जानकारी दिनुभयो ।








