
काठमाण्डाै – आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।



कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले बताउनु भयाे ।
लामिछानेका अनुसार काठमाण्डौ उपत्यकाको मौसम भने आज सामान्यतया सफा रहने छ ।
बिहान केहीबेर काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको भए पनि घाम लागेसँगै हट्न थालेको र मौसम सफा रहेको उहाँले बताउनुभयो । काठमाण्डौमा आज पारिलो घाम लाग्ने उहाँले बताउनुभयो ।








