
मन गहिरे,तानसेन



मोहन कन्या मा .वि .को आयोजनामा तानसेनमा आज खाना महोत्सव सम्पन्न भएको छ । स्थानीय खानाहरुको संरक्षण र प्रर्वधन गर्ने उद्देश्यले उक्त खाना महोत्सव राखेको बताउँदै विद्यालय व्यवस्थान समितिका अध्यक्ष विधान श्रेष्ठले प्रत्येक स्टलका विद्यार्थीहरुलाई नगद समेत हस्तान्तरण गर्नुभयो ।
विद्यार्थीले नै तयार पारी विभिन्न खानाका परिकारहरुको स्टल राखेका थिए । बटुक चुकाउनी छोईला, सेलरोटी, पकौडा, समोसा, म.म. फुल्की लगायतका धेरै परिकारहरु बनाएका थिए । विभिन्न परिकार सँगै सांस्कृतिक कार्यक्रम समेत छात्राहरुले प्रदर्शन गरेका थिए । करिब पैत्तालिस हजार बराबरको परिकारहरु विक्री भएको शिक्षाक टंक भुषालले बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले विद्यार्थीहरुमा खाना महोत्सवले ज्ञान र सिपको विकास हुने कुरा बताउनु भयो । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरु खाना महोत्सवमा सहभागी थिए थिए । कक्षा १२ कि सुरक्षा पाण्डेले विभिन्न खानाहरु बनाउने सिप बढ्नुका साथै स्टलमा बसि आफैले बनाएका परिकार बेच्न पाउँदा निकै खुशि लागेको बताईन ।
खाना महोत्सवमा शिक्षक, विद्यार्थी अभिभावक व्यवस्थापन सिमित लगायत वडा नं.४ का वासिन्दाहरुको समेत उपस्थितिले खानाका परिकारका स्टलहरुमा भिड बढेको थियो ।










