
रुपा थापा, तानसेन ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा त्रिभुवन जर्नल को लोकार्पण गरिएको छ ।
अनुसन्धात्मक लेखहरुको संग्रह त्रिभुवन जर्नलको लोकार्पण गर्दै प्रमुख अतिथि त्रि.वि.का. रजिष्टार डा. कृष्ण प्रसाद बश्यालले ऐतिहासिक गरिमा बोकेको त्रिभुवन बहुमुखी क्याम्पस यस क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेकोले पनि क्याम्पसलाई कसरी माथि उठाउने भन्ने सवालमा चिन्तित रहेको बताउँदै नितिगत त्रुटिहरुलाई सुधार्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि पुर्व क्याम्पस प्रमुख चोलेश्वर शर्माले विश्व विद्यालयको पहिचान भनेको नै कक्षाकोठाको पठन पाठनका र अनुसन्धानमूलक कार्य नै प्रमुख रहेको बताउनु भयो ।
उक्त त्रिभुवन जर्नल पत्रिका माथि डा. शंकर गैरेले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस स्व.वि.यु.सभापति कृष्ण अर्याल, साहित्यकार पुष्कर राज रेग्मी, राजेन्द्र गोपाल सिंह, त्रि.वि. संघका अध्यक्ष डुकुलराज ढकाल,त्रि.वि. प्राध्यापक संघ एकाई समितिका सभापति खिम बहादुर राना लगायतले जर्नल प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो
कार्यक्रम क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईको अध्यक्षता सहायक क्याम्पस प्रमुख डा.रामनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।











