
पाल्पा – रैनादेवी छहरा गाउँपालिकामा विपत पूर्व तयारीकाे लागि सराेकारवाला वीच छलफल भएकाे छ । रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको विपद् पूर्व तयारीका लागि पालिकाका सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।



पालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक महेश बरालको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा, वडा नं ४ का वडाध्यक्ष गोविन्द बहादुर रायमाझी र जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य गुन बहादुर सन्मानी, भिमाकला खाम्चा, वडा सदस्य नारायणी गहतराज सुनार, सामुदायिक वन महासंघका लुम्बिनी प्रदेश सदस्य गिता भट्टराई, सामुदायिक वन महासंघका जिल्ला सदस्य टिकाराम पोखरेल, सामुदायिक वन महासंघका गाउँपालिका अध्यक्ष श्रीकृष्ण आत्रेय, प्रहरी चौकी मुझुङ्गका प्रमुख जनक बहादुर बुढाको आतिथ्यतामा र वडा नं १,२,३,४,५ का सामुदायिक वनका अध्यक्षहरू/ प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो ।
कार्यक्रमको संचालन वन प्राविधिक सुरुची भट्टराईले गर्नुभएको थियो, स्वागत मन्तव्य वन, वातावरण तथा विपद् व्यवस्थापनका सदस्य गुन बहादुर सन्मानी र प्रस्तुतिकरण वन प्राविधिक सुरुची भट्टराई र सामुदायिक वन महासंघका गाउँपालिका अध्यक्ष श्रीकृष्ण आत्रेयले दिनुभएको थियो।








