ट्रेन्डिङ

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

लुम्बिनी प्रदेशमा १८.५ प्रतिशत धान रोपाइँ सकियो, रुपन्देहीमा २३ प्रतिशत

तानसेन असार १५, राष्ट्रिय धान दिवस। अर्थात्, मानो रोपेर मुरी उब्जाउने समय। दुई दशकयता त सरकारले धूमधामसाथ धान दिवस मनाउने गरेको छ। तर, समयमा रोपाइँ नहुने र धान आयात गर्नैपर्ने बाध्यता छ। यस वर्ष पनि मध्य असारसम्म लुम्बिनी प्रदेशमा १८.५ प्रतिशतमात्रै रोपाइँ भएको छ। सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्।

सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरेको छ। यस वर्ष कृषि तथा पशुपन्छी मन्त्रालयले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिएको छ। चितवनमा कार्यक्रम गरेर दिवस मनाइँदै छ।

तर, सिँचाइको अभावले समयमा धान रोप्नुपर्ने समस्या बर्सेनि दोहोरिने गरेको छ। आकाशेपानीकै भरमा धान खेती गर्नुपर्ने बाध्यता किसानको छ। यस वर्ष पनि लामो खडेरी र वर्षा सुरु नभएका कारण धान रोपाइँ गर्न सकिरहेका छैनन्।

कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गतेसम्म यहाँ १८.५ प्रतिशत रोपाइँ सकिएको ग्लोबल आवाजलाई जानकारी दिए ।

‘यस वर्ष पनि समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई कम मात्रामा भएको छ । समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारिमा रोपाईँ हुन्थ्यो । तर, पानी नपर्दा १८.५ प्रतिशत मात्रै रोपाई भएको छ ।’– कृषि अर्थ विज्ञ पौडेलले भने । यद्यपी यो वर्ष गत वर्षको तुलनामा ७.४१ प्रतिशत बढी धान रोपाई भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११.०९ प्रतिशत धान रोपाइँ भएको थियो ।

कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ६७ हजार ६६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका कृषि अर्थ विज्ञ पौडेलका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाइँ प्युठानमा भएको छ भने लुम्बिनी प्रदेशमा सबै भन्दा धान खेती हुने जिल्ला कपिलवस्तुमा भने सबै भन्दा कम रोपाइँ भएको छ । जवकी गत वर्ष यो अवधिमा कपिलबस्तुमा सबै भन्दा बढी रोपाई भएको थियो ।

प्युठानमा कुल ५ हजार २२० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भन्ने कपिलबस्तुमा ६९ हजार ४९७ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । जसमध्ये प्युठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रको ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने ६९ हजार ४८० हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको ४ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै रुपन्देहीमा २३ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ६०४ हेक्टरमा रोपाईँ भएको छ ।

यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा १० प्रतिशत र बर्दियामा २३.८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ७२३ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ भने बर्दियामा ५० हजार १०० हेक्टर क्षेत्रफलमध्ये ११ हजार ८९९ हेक्टरमा क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ । बाँकेमा धान उत्पादन हुने ३४ हजार ८५० हेक्टर क्षेत्रफल मध्य ६९७ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य २ प्रतिशत मात्रै हो ।

नवलपरासी पश्च्मिमा धान रोपाई हुने २० हजार ४८० हेक्टर क्षेत्रमध्ये ११ हजार ८७८ हेक्टर अर्थात ५८ प्रतिशत मात्रै रोपाई भएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले बताए ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ११ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा ७ हजार ९८८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ भने अहिलेसम्म ८७९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ सकिएको छ ।

पाल्पामा ७ सय ४२ हेक्टर क्षेत्रफल अर्थात ९ प्रतिशत रोपाई सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २४० हेक्टर क्षेत्रफलमा रोपाई हुने निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले बताए । यता प्यूठानमा ७५ प्रतिशत रोपाई सकिएको छ । अर्घाखाँचीमा २२ प्रतिशत रोपाई भएको छ ।

रोल्पामा ३ हजार ४४६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा १ हजार ६९४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । रोल्पामा ४ हजार ५९५ हेक्टर र अर्घाखाँचीमा ७ हजार ७०१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । यस्तै रुकुम पूर्वमा धान रोपाई हुने ९६२ हेक्टर क्षेत्रफल मध्य १०६ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ । जुन कुल धान रोपाई हुने क्षेत्रफलको ११ प्रतिशत हो ।

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा कम मात्रामा धान रोपाई भएको मन्त्रालयका सूचना अधिकारी युवराज ढकालले बताए । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईमा पर्यो ।’–उनले भने।

साथै यो वर्ष धान रोपाईका लागि आवश्यक पर्ने मल गत वर्षको तुलनामा धेरै नै स्टक रहेकाले मलको अभाव नहुने प्रवक्ता ढकालले दाबी गरे । ‘यो वर्ष लुम्बिनी प्रदेशमा मलको स्टक गत वर्षको तुलनामा धेरै नै छ । यसकारणले यो वर्ष जस्तो मलको अभाव हुँदैन् ।’– मन्त्रालयका प्रवक्ता ढकालले भने ।

लुम्बिनी प्रदेशमा कृषि पेशामा कुल घरपरिवार मध्ये ६७ प्रतिशत आवद्ध छन् । जवकी नेपाल भर ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा आवद्ध रहेका छन् ।

तर, लुम्बिनी प्रदेशमा कृषि पेशामा आवद्ध रहेका घर परिवारहरु मध्ये ५१ प्रतिशत घरपरिवारलाई वर्षभरि खान पुग्दैन् । राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कृषि पेश गर्ने मध्य ४९ प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्छ ।

सम्बन्धित खवर