
पाल्पा – जिल्लामा रहेको नेपाल नेत्र ज्योति संघ र पाल्पा लायन्स लाकौल आँखा अस्पताल र उपचार केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पाल्पा लायन्स लाकोल आँखा अस्पतालका आउट रिच को अर्डिनेटर सन्तोष दर्जि, कालीगण्डकी आँखा उपचार केन्द्रका इन्चार्ज सुन्दर राना, तिनाउन् आँखा उपचार केन्द्रका इन्चार्ज रमेश साहनी र रैनादेबि छहरा आँखा उपचार केन्द्रका इन्चार्ज मनोज शर्माले आ–आफ्ना अस्पताल र उपचार केन्द्रहरुको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।



पाल्पा लायन्स लाकौंल आँखा अस्पतालका लेखापाल जीबनाथ गैरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सो अबसरमा कालीगण्डकी आँखा उपचार केन्द्रका संयोजक भिम बिस्व भट्टराईले रामपुर आँखा उपचार केन्द्रको समस्यनहरु बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अस्पताल र उपचार केन्द्रहरु लाइ दातृ तथा स्थानीय निकाय जिल्लामा रहेको विभिन्न सामाजिक संघ सस्थाहरु सित समन्वय गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले आखा उपचार सेवा लाइ थप गुणस्तरीय र प्रभाकारि बनाउनु पर्ने, सरकारले चस्मामा लगाइएको कर लगाउदा मुल्य बढाउन बाध्यता भएको र सेवाग्राहीहरु मारमा परेकोले केन्द्र सित छलफल गर्नु पर्ने सुझाव प्राप्त भएको थियो । कार्यक्रममा डाक्टर सुचेन पुन अस्पताल र उपचार केन्द्र स्तर वृद्धिका लागि विभिन्न सुझाव दिनु भएको थियो ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष भीमसेन कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभयो, सचीव राजेन्द्र लिगलको सन्चालनमा र संघका अध्यक्ष बुद्धि प्रसाद शर्माको सभापतित्वमा कार्यक्रम भएको हाम्रा प्रतिनिधि राजेन्द्र लिगलले रानीमहललाई बताउनुभयो ।









