
पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट करिब एक सय मिटर तल तानसेन –३ भगवती टोलस्थित श्रेष्ठ न्यु एजेन्सी नजिकै होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो ।
सेवाको एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख वसन्त घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री वीरबहादुर राना, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, उपभोक्ता,सुरक्षा निकायका प्रमुखसहितका व्यक्तिहरूको उपस्थितिमा कार्यालयको शुभारम्भ गरिएको हो ।
घटस्थापनाको शुभ साइत पारेर समितिले सुविधा सम्पन्न र व्यवस्थित काउन्टरसहितको कार्यालय सञ्चालनमा ल्याएको छ । लामो समय साँघुरो ठाउँबाट सेवा दिर्दैै आएको समितिले छुट्टाछुट्टै काउन्टर कक्ष, कार्यालय प्रमुख कक्ष,अध्यक्षको कक्ष,उपाध्यक्ष, सचिव, कोषाध्यक्षको कक्ष र कार्यक्रम कक्ष स्थापना गरेको छ । सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन नयाँ कार्यालय सञ्चालनमा लिई सेवा प्रवाह गर्न थालिएको समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
साँघुरो ठाउँबाट सेवा दिन असहज भएकाले नयाँ संरचनासहित नयाँ ठाउँबाट सेवा दिन थालेका हौं,उपभोक्तालाई नियमित खानेपानी उपलब्ध गराउने र सहज सेवा दिने दिशामा आफुहरु सक्रिय भएर लागेको अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले सेवालाई समय सापेक्ष बनाउन डिजिटल प्रणालीबाट काम गर्न लागेको समेत उल्लेख गर्नुभयोे ।
समितिले अब छिटै उपभोक्ताको थप सुविधाका लागि तथा मागलाई मध्यनजर गदै मुल्य समायोजन गने र उपभोक्ता कल्याणकारी कोषको स्थापना गर्न लागेको छौँ, तेसका लागि समितिले गृहकार्य गरिरहेको छ,अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
तानसेनमा लामोसमयदेखि अस्तव्यस्त रहेको खानेपानी वितरण प्रणालीलाई अध्यक्ष श्रेष्ठको नेतृत्वमा आएको समितिले भने व्यवस्थित र नियमित गराएको छ । खानेपानी नियमित हुन थालेपछि उपभोक्ताले समितिको प्रसंशा गर्दैै आएका छन । विगत दुई दशकदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासीले पछिल्लो समय सहज रूपमा खानेपानी पाउन थालेका हुन् ।