
गुल्मीको चन्द्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने भएको छ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै “विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वस्थ समाज निर्माणमा सहभागिता” भने मूल नाराका साथ विविध कार्यक्रमका साथमा यही मङ्सिर २० गते महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने जानकारी गराएको हो।
जस अन्तर्गत गाउँपालिकाको आयोजनामा प्रत्येक स्वास्थ्य चौकीहरूमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका छनोट कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका र सामाजिक दायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम लगायत विविध कार्यक्रमहरूको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ।
कार्यक्रममा वडामा रहेका सम्पूर्ण जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी तथा कर्मचारीहरू महिला स्वास्थ्य स्वयंसेविकाहरू स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न महिला समूह आमा समूह तथा सम्पूर्ण सामाजिक संघसंस्था लगायतको उपस्थितिको लागि अनुरोध गरिएको छ ।