
पाल्पामा एक वृद्ध महिलाको हत्याका अभियुक्त पक्राउ परेकी छन्। घटना घटेको साढे दुई वर्षपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाकी ७८ वर्षीया भूम कुमारी आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए। उनलाई गएको शुक्रबार पक्राउ गरिएको हो।
२०७९ असार ३१ गतेको घटना हो। रिब्दीकोट गाउँपालिका(५ माराबासस्थित हर्रेखरक सामुदायिक वनमा आले मृत फेला परेकी थिइन्। घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको थियो। तर लामो समय बित्दासमेत हत्यारा पत्ता लागेको थिएन। हत्याका अभियुक्त लम्तरीलाई गएको शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो। आफन्तले दिएको किटानी जाहेरीमा निरन्तरको अनुसन्धान गरेपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको एसपी चन्दले बताए। उनका अनुसार छिमेकीले समेत अनुसन्धानमा सहयोग गरेका थिए।
सामुदायिक वनबाट ल्याएको दाउराको विषयमा दुई जनाबीच झगडा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए। ुसामान्य पैसा लेनदेन र दाउरा किनबेचमा कुरा नमिल्दा हत्या गरेको देखिन्छ उनले भने, ुथप अनुसन्धान चलिरहेको छ।ु
जिल्ला अदालत पाल्पाबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ