
पाल्पा। रिब्दीकोट गाउँपालिका वडा नं. ८ द्वारा जेष्ठ नागरिकको सम्मानमा विशेष कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरूलाई न्यानो ब्लान्केट वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जेष्ठ नागरिक हाम्रो समाजका स्तम्भ भएको र उनीहरूको सम्मानले नै नयाँ पुस्तालाई प्रेरणा दिने बताउनुभयो । उहाले भन्नुभयाे “जेष्ठ नागरिकहरूले आफ्नो जीवनभरको अनुभव, ज्ञान र सीपमार्फत समाजलाई मार्गदर्शन गर्दै आउनुभएको छ । उहाँहरूबाट अहिलेको पुस्ताले धेरै कुरा सिक्न र ग्रहण गर्न सक्नुपर्छ ” अध्यक्ष कार्कीले बताउनुभयो ।
वडाले जेष्ठ नागरिकहरूको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै अध्यक्ष कार्कीले जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूलाई आनन्द र खुशी महसुस भएको बताउनुभयो । समाजका यी मार्गदर्शक हस्तीहरूलाई सम्मान गर्न पाउनु नै हाम्रो लागि गर्वको विषय हो । उहाँहरूकै मेहनत, त्याग र योगदानको कारण आज हाम्रो समाजकाे परिवर्तन सम्भव भएको बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा पनि जेष्ठ नागरिकहरूको सम्मान र हकहितमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता अध्यक्षले व्यक्त गर्नुभयो।रिब्दीकोट गाउँपालिका वडा न. ८ को आ.व. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान कार्यक्रम (ब्लान्केट वितरण) रिब्दीकोट गाउँपालिका वडा न. ८ का वडा अध्यक्ष चुरा बहादुर छ्हरी मगरकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोट गाउँपालिका वडा न. ८ को वडा कार्यालय फेक पाल्पामा सम्पन्न भएको छ ।