
पाल्पा-रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा पाँचौँ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पालिकाको ५ औं अध्यक्ष कप-२०८१ को महिला र पुरुष भलिबलका दुबै शिल्ड वडा नं. ४ छहराले हात पारेको छ । माघ ६, ७ र ८ गते संचालन भएको भलिबल खेलको फाइनल खेलहरु बेस्ट अफ फाईभ NBA नियमका आधारमा खेलाईएको थियोे ।
प्रतियाेगितामा पुरुषतर्फको खेलमा वडा नं ४ प्रथम,द्वितीयमा वडा नं २,तृतीयमा वडा नं १ र सान्त्वनामा वडा नं ५ भएका छन । भने महिलातर्फ फाइनल खेलमा प्रथम वडा नं ४,द्वितीयमा वडा नं ५,तृतीयमा वडा नं ८ र सान्त्वनामा वडा नं ७ भएका छन । भलिबल प्रतियाेगितामा पुरुष तर्फ प्रथमले रूपैयाँ ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र,द्वितियले ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र,तृतियले १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले १० हजार प्रमाणपत्र पाउने छन । भने महिला तर्फ प्रथमले ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र,द्वितियले २० हजार ट्रफि, मेडल र प्रमाण पत्र,तृतियले १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र र सान्त्वनाले १० हजार प्रमाणपत्र पाउने रैनादेबी छहरा खेलकुद विकास समितिका संयाेजक नारायण कार्कीले जानकारी दिनुभयाे ।
कार्यक्रममा रैनादेबी छहरा गाउँपालिका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख अतिथि रूक्मागत भट्टराईले खेलकुदले समुदायमा एकता र युवाहरूमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनुभयो । साथै, स्थानीय स्तरमा खेलाडीहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्न महत्त्वपूर्ण कदम सावित हुने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्षले खेलकुद केवल मनोरञ्जनको माध्यम नभई स्वास्थ्य, अनुशासन, र सामाजिक एकताको प्रतीक रहेको बताउनुभयो ।
गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै, यस क्षेत्रका युवाहरूलाई अवसर प्रदान गर्न, उनीहरूको प्रतिभा पहिचान गर्न र प्रोत्साहित गर्न निरन्तर प्रयास गर्दै आएको बताउनुभयो । खेलकुदले केवल व्यक्तिगत विकासमा मात्र नभई समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका खेल्नेछ । प्रतियोगितामार्फत स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रैनादेबी छहरा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले प्रतियोगिता केवल खेलकुदमा सीमित नभई समुदायमा भाइचारा र एकताको भावना बढाउन पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । विजेता र सहभागी सबै खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रममा वडा अध्यक्षहरू,पालिकाका कर्मचारी,खेलाडीहरूकाे उपस्थिति रहेको थियाे ।