ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

लगानी मैत्री वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो : मन्त्री शाही

पाल्पा, नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले देशमा लगानी मैत्री वातावरण निर्माणका लागि सरकारले अध्यादेश ल्याएको बताउनु भएको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको समुद्घाटन गर्दै सरकारले मुलुकको विकास र जनता राहत प्रदान गर्नका लागि अध्यादेश ल्याएको बताउनुभयो ।

 

उहाँले देशमा नयाँ उद्योग स्थापना, उद्योगलाई व्यवस्थित गर्दै लगानी मैत्री वातावरण सृजना गरेर नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउन अध्यादेश ल्याईएको स्पष्ट पार्नु भयो । विगतको राजनीतिक गठबन्धन बाट जनताले गरेको आशा तीन महिनामा सरकार सरकार बन्ने भत्किने गर्दा राजनैतिक दल प्रति वितृस्णा सृजना भैरहेको अवस्था विकासको आशा जगाउन अहिलेको सरकार गठन भएको बताउनुभयो । सरकार एक पछि अर्को सम्भावनाहरुको उजागर गर्दै अघि बढेको बताउनुभयो ।

मन्त्री शाहीले वन तथा वातावरण संग सम्बन्धित पुराना ऐन संशोधनको प्रक्रिया बढाएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन तथा वातावरण मन्त्रालयले धेरै पुराना कानुनलाई अवलम्बन गर्दै आईरहेको थियो । त्यसले गर्दा धेरै जटिलताहरु भोग्नु पर्‍यो । वनलाई विकास विरोधी मन्त्रालयको रुपमा अपजस भोग्नु परिरहेको स्थित छ । त्यसलाई मध्यनजर गर्दै वन तथा वातावरण मन्त्रालय संग जोडिएका चार/पाँच वटा ऐनहरु संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।”

जलवायु परिवर्तनको प्रभावका कारण नेपालले ठूलाठूला घटना बेहोर्नु परेको भन्दै जलवायु परिवर्तनले पार्ने समस्या न्यूनिकरणका लागि कार्यहरु अघि बढाएको जानकारी दिनुभयो । उहाँँले रामपुर धार्मिक, संस्कृति र प्रकृति हिसाबले सम्भावना भएको मुलुक रहेको बताउनु भएको थियो । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी नदी धार्मिक नदी मात्र नभै यहाँको जीवन संग जोडिएको बताउँदै एउटा क्षेत्रका जनताको मुख थुनेर, कालीगण्डकी वेशी क्षेत्रलाई मरुभुमि बनाएर अर्को स्थानलाई सिंचाई गर्ने कुरा मान्य नहुने बताउनुभयो । कालीगण्डकी वेशीमा रहेका उर्वर भूमिको सिंचाईका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले जनप्रतिनिधिहरुलाई छलेर ल्याउने विद्येयक मान्य नहुने बताउनुभयो ।

 

लुम्बिनीप्रदेश सभाका अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले सरकारले ल्याएको अध्यादेशले उद्योग तथा व्यवसायमा उत्साह थपेको बताउनुभयो । पाल्पाको विकासमा देखिएका समस्याको बारेमा जानकारी गराउँदै उहाँले रामपुरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न प्रदेशले पनि प्रयास गरेको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व मन्त्री विर बहादुर रानाले उद्योग तथा व्यवसायले गति नलिदा सम्म देशको विकास हुन नसक्ने बताउनुभयो । संघिय सरकारले पुराना कानुनहरु फष्ट्रयाकको माध्यम बाट संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले विदेश बाट आल्मुनियम ल्याउने र यहाका बोटहरु प्रयोग गर्न नपाएर डढेलोले नष्ट भएर जाने अवस्था रहेको भन्दै सरकारले वन संरक्षण संगै पैदावार प्रयोगमा ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाईभर्सन कुनै हालतमा हुन नहुने बताउनुभयो । गण्डकी वेशी क्षेत्रका जनताको जीवन र जगत संग जोडिएको कालीगण्डकी नदी डाईभर्सन नगरी यहीका जनताले उपभोग गर्न पाउनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाले उत्पादनलाई जोड दिएर आफ्‌नो गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

 

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले उद्योग तथा व्यवसाय सञ्चालनको लागि सहज वातावरण तयार गर्न प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो । उद्योग तथा व्यवसायलाई थप चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले रामपुर क्षेत्रको विकासका लागि तीनै तहका सरकार प्रतिवद्ध भएर लाग्नु पर्ने बताउनुभयो । स्थानीय कला र संस्कृतिको जगेर्नामा स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले मेला कतिपटक भयो भन्दा पनि यहाँका व्यवसायीले कति लाभ लियो भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । देशका युवाहरु विदेशिने क्रम बढ्दो रहेको भन्दै राज्य यस तर्फ गम्भिर हुनु पर्ने बताउनुभयो ।

 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन श्रेष्ठले विकासमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । अन्तराष्ट्रिय विपि चिन्तन प्रतिस्थानका अध्यक्ष सन्दिप रानाले रामपुर, व्यापार व्यवसाय मात्र नभै धार्मिक, ऐतिहासिक र सामरिक महत्वको स्थान भएको बताउनुभयो । उहाँले कालीगण्डकी करिडोर भविष्यमा चीन र भारतको अन्तराष्ट्रिय व्यापारिक मुल मार्गको रुपमा स्थापित हुँदै गर्दा रामपुरलाई व्यापारिक स्थलको चिनाउन आवश्यक पूर्वाधार निर्माणमा जोड दिनु आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष कुल प्रसाद न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शलेन्द्र भट्टराई, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले महोत्सवले स्थानीय संस्कृतिको संरक्षण र उत्पादनको बजारिकरणमा टेवा दिने बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले चौथो संस्करणको मेलाको उद्देश्य बारे जानकारी दिदै विशेष गरी कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसार संगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ मेला सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रम रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर क्षेत्री (पुरुषोत्तम)को सञ्चालनमा भएको थियो । रामतुलसी माविको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ २७ सम्म सञ्चालन हुनेछ । मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरको प्रस्तुति रहेको थियो । बुधबार मेलामा लोक दोहोरी गायक राजन कार्की, गणेश अधिकारी, लोकपप गायक अर्जुन कौशल, हास्यकलाकार पुर्खे बा, लोक दोहोरी गायिका पुजा सिंजाली मगर, डान्सर अस्मिता रानाको प्रस्तुति रहने छ ।

सम्बन्धित खवर