
काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहानले पतिसँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुङ्ग्याउन कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ।
चौहानले अदालतमा दिएको निवेदन अनुसार, उनीहरूबीच २०८१ साल वैशाख ५ गते प्रेम सम्बन्धका आधारमा विवाह भएको थियो। विवाहपछि दम्पती अस्ट्रेलिया गएका थिए, तर केही समयपछि नेपाल फर्किएपछि सम्बन्धमा गहिरो खटपट देखिएको उल्लेख गरिएको छ।