
तानसेन । प्रेस चौतारी नेपाल पाल्पाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हाे ।प्रेस चौतारी अधिवेशनबाट पुन कृष्ण कार्कीको अध्यक्षतामा १३ नया कार्यसमिती गठन भएको छ ।जसको उपाध्यक्षमा शोभाकान्त पाठक, रिमा सोमै,सचिवमा दयाराज न्यौपाने सहसचिवमा भुवन रायमाझी कोषाध्यक्षमा नेत्र गैरे सदस्यमा खेमराज पाण्डे, जनक राज भट्टराई, सुवास विसी, गुणवती केसी प्रेम वाकावल, खुम बहादुर पौडेल, सुमित्रा कंडेल, प्रदेश प्रतिनिधीमा गिता ज्ञवाली, नवराज ज्ञवाली र केन्द्रिय प्रतिनिधीमा बन्दना पोखरेल, सन्तोष बस्याल, टिकाराम बस्याल निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशन प्रेस चौतारी नेपाल केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले पाल्पाको प्रेस चौतारी इतिहास संगै चौतारीको श्रेष्ठताका बिषयमा बोल्नु भएको छ । सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागी तत्थको आधारमा सत्य स्थापित गर्न प्रेस चौतारी लाग्नु पर्ने बताउनु भएको छ । अध्यक्ष बस्नेतले स्थानीय मिडियाहरु टिकाउनका लागि स्थानीय सरकारका विज्ञापन स्थानीय मिडियालाई दिने व्यवस्था गर्न कानुन संशोधन आवश्यक रहेको बताउनुभयो ।अहिले मिडिया कसरी टिकाउने भन्ने विषय चुनौतिको रुपमा रहेको उल्लेख गर्दै उहाँले अब स्थानीय विज्ञापन स्थानीय मिडियाका लागि नै दिने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, नेकपा एमाले केन्द्रिय सल्लाहकार मेघराज शर्मा, नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती, पुर्वखोला गाउँपालीकाका अध्यक्ष नुन बहादुर थापा ,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष कमलराज तिमिल्सिना , प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्याल लगायतले आफ्नो शुभकामना दिनु भएको छ । वक्ताहरुले बोल्ने क्रममा पत्रकारीता नयाँ अनुहार आउन नसकेको साथै पत्रकारीताको बिकासका लागी नयाँ ढंगले लाग्नु पर्ने बताउनु भएको थियो ।
चौतारी पाल्पाले अधिवेशनको अवसरमा संस्थाको विकासमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । चौतारीका जिल्लाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।