पाल्पा — पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस मा सम्पन्न स्ववियु निर्वाचन मा अखिल (क्रान्तिकारी) का मिलन घर्ती मगर सभापतिमा विजयी भएका छन्।
बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर विजयी भएका हुन् । उनले कूल खसेको १२२८ मतमा ३९० प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिए ।
त्यस्तै सचिव पदमा नेपाल विद्यार्थी संघका सुशिल बस्याल ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।



कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् । सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भए ।त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । कूल मतदाता विद्यार्थी १ हजार ८९४ रहेका थिए ।








