तिनाउ गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । सोमवार आयोजना गरिएको एक कार्यक्रममा जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्दै प्रमाण पत्र प्रदान गर्नुभयो । १६ देखी ५९ महिना सम्मका बालबालिकाले १५ महिना सम्म पाउनुपर्ने सम्पुर्ण खोपहरु पाएको सर्वेक्षणबाट देखिएपछि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
बैशखा ७ गतेसम्म गाउँपालिकाका ६ वटै वडाले पुर्ण खोप निर्देशिका बमोजिम सबै प्रक्रिया पुरा गरिसकेका थिए । समन्वय प्रमुख खनालले वालबालिकाको स्वास्थ्य महत्वपुर्ण विषय भएकाले सुक्ष्म तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले नागरिकको स्वास्थ्यका लागि गाउँपालिकाले सधै काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पुर्ण खोप सुनिश्चितता गर्नका लागि काम गर्ने सबैलाई धन्यवाद दिनुभयो



घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, वडा अध्यक्षहरु, कर्मचारी, युवा क्लवका सदस्य, स्वयमसेविका लगायतको उपस्थिती थियो । तिनाउका ९ सय १० जना बालबालिकाले यो वर्षमा खोप पाएको तथ्याङक छ ।
साथै गाउँपालिकाले रक्तदान कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । गत वर्ष तिनाउँमा भएको जिप दुर्घटनाका घाईतेहरुको उपचारमा रगतको अभाव भएपछि तिनाउ गाउँपालिकाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले उपचारका लागि हेलिकोप्टर बरु पाएको तर ब्लड पाउन समस्या भएको भन्दै स्थानीय नागरिहरुलाई खुला अनुरोध गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘रगत दिनु कसैलाइ जिवन दिनु हो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यो अभियानमा सहभागी सबैलाई म आभार ब्यक्त गर्दछु ।’
नेपाल स्वयमसेवी रक्तदान समाज रुपन्देहीकोे प्राविधिक सहयोगमा भएको रक्तदानमा ४६ जनाले रक्तदान गरेका गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक कृश्ण कार्कीले बताउनुभयो । तिनाउ गाउँपालिकाले तानसेनमा निर्माणाधिन अबस्थामा रहेको ब्लड बैङकका लागि ५ लाख रुपैँया सहयोग गर्ने जनाएको छ ।









