काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ । जसअनुसार तेस्रो खेलमा नेपालले आज हङकङ-चीनसँग खेल्नेछ । हङकङसँग भने यो दोस्रो खेल हो ।
थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडेका थिए । तर, दोस्रो खेलमा नेपाल बहराइनसँग भिडन पुगेको थियो । जसलाइ ९ विकेटले पराजित गरेको थियो ।












