पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सन्दिप बेल्बासेका अनुसार सोमबारदेखि बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ वर्षिय अभिषेक श्रेष्ठको शव भेटिएको बताए ।



उनीसँगै बेपत्ता भएका उनका साथी भने अझै नभेटिएको र खोजि कार्य जारी रहेको इन्सपेक्टर बेल्बासेले बताए । नुहाउन गएका उनीहरु सोमबार डुबेर बेपत्ता भएका हुन् ।








