छहरा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकालाई एक कार्यक्रम गरेर पूर्ण खोप दिगोपन सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पूरा गरेका भन्दै जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरे, जनस्वास्थ्य कार्यालय पाल्पाका प्रमुख, जिल्ला समन्वय अधिकारी लगाएतले गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईलाई प्रमाण पत्र प्रदान गरेर पूर्णखोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरेका थिए।
पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सामाजिक क्रियाकलापदेखि हरेक क्षेत्रमा स्वस्थ रहेर मात्रै समग्र क्षेत्रको विकास हुने बताए । उनले स्वास्थ्यकर्मीको व्यवहारदेखि सामाजिक पदधारण गर्ने व्यक्ति तथा सबै क्षेत्रका मानिसहरु सामाजिक र मानसिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिदै खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको बताउनुभयो । रैनादेवी छहराका अध्यक्ष रुक्मागंत भटराईले गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट वडास्तरमा खट्ने सबैलाई धन्यवाद दिदै नेपाल सरकार र नेपालको संविधानले सबै बालबालिकाहरुलाई निःशुल्क रुपमा खोप पाउने अधिकारको व्यवस्था गरेको बताउँदै पूर्णखोप कार्यक्रमले स्वस्थ तथा सक्षम र सबल नागरिक उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।उहाले आफूहरु निर्वाचित भएदेखि नै पालिकाका नागरिकको स्वास्थ्य चासो राखेर विभिन्न स्वास्थ्यका कामहरु अघि बढाएको बताए। उनले स्वास्थ्य इकाई थप गर्ने, कर्माचारी र उपकरण विस्तार तथा शिविर अन्य माध्यमबाट पालिकाको नागरिकको स्वास्थ्यमा चासो दिएको समेत बताउनुभयो ।



पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको र गाउँपालिका भित्रका सबै वडालाई पूर्णखोप तथा सुनिश्चितता घोषणा गरिसकेपछि मात्रै गाउँपालिकालाई पनि घोषणा गरिएको रैनादेवी छहराका स्वास्थ्य साखा प्रमुख जिवन रानाले रेडियो मुक्तिनाथलाई जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा गाउँपालिकाबाट पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका ८ वटा वडाका महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यकर्मी संचारकर्मी लगाएतलाई महत्वपूर्ण सहयोग पु¥याएको भन्दै प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष प्रदिप पौडेलको स्वागत मन्त्वय, बाट सूर भएको कार्यक्रमा वडाध्यक्ष गोविन्द बहादुर रायमाझी लगाएतका ब्याक्तीहरुले शुभकामना मन्त्वय राख्नुु भएको थियो । पूर्णखोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रमको अवसरमा जनप्रतिनिधिहरु महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य क्षेत्रका कर्मचारी संचारकर्मी लगाएतको उपस्थीत रहेको थियो । कार्यक्रम अमलाबासको सभाहलमा सञ्चालन भएको थियो ।










