ट्रेन्डिङ

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

अन्तरिम सरकारको नेतृत्व कार्कीलाई, प्रमुख दलहरूले जनाए तीव्र असन्तोष

एनसेल प्रयोगकर्तालाई राहत : ४८ घण्टासम्म फ्री भ्वाइस र डेटा सुविधा

राति १० बजेबाट मुलुकको सुरक्षाको नेतृत्व सेनाले लिने

स्वास्थ्यमन्त्री पौडेलद्वारा राजीनामाको घोषणा

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

राजनीतिक संवादमार्फत समाधानको आह्वान : सुरक्षा प्रमुखहरूद्वारा अपिल

काठमाडौंमा जेनजी प्रदर्शनमा गोली प्रहार : कालिमाटी चोकमा २ युवाको मृत्यु

रवि लामिछानेको जेलमुक्ति : पार्टीले पत्नी निकितालाई जिम्मा दिएर पठायो

पूर्वप्रधानमन्त्री देउवा दम्पती:जेनजीको आक्रमणमा

बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

निकट स्रोतको खुलासा : प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने तयारीमा

गगन–विश्वप्रकाशद्वारा संयुक्त विज्ञप्ति : ‘मन्त्रीहरूले पद खाली गर्नुपर्छ’

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सिके राउतको निर्देशन

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

यातायात व्यवसायीले गरे देशव्यापी सेवा बन्दको घोषणा

सोमबार काठमाडौँमा मृत्यु भएका १७ मध्ये १६ जनाको सनाखत (नामसहित)

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने तयारी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी, प्रदर्शनकारी आक्रोशित

जेन–जी प्रदर्शनपछि आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन कोइरालाको निर्देशन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा लागू, प्रशासनको कडा निगरानी

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश, चक्रपथभित्र आवागमन पूर्ण निषेध

जेनजी कार्यक्रम : ११ को अवस्था संकटपूर्ण, ३० बढीलाई तत्काल शल्यक्रिया गर्नुपर्ने

ललितपुरमा कर्फ्यू जारी

अमेरिकाको जर्जियास्थित हुन्डाईको कारखानामा छापा, ४५० जना पक्राउ

सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप

रुपन्देहीका दुईसहित अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

रिब्दीकोटमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने, स्थानीयमा खुसीयाली

सामाजिक सञ्जाल बारे सरकारको निर्णय गलत छ, उल्टो बाटो हिड्यो : गगन थापा

फेसफुक सञ्चालक संस्था मेटाले माग्यो नेपालमा दर्ता प्रक्रियाको सूची

धनेन्द्र के.सी.को नेतृत्वमा सबल टिम, पाल्पाबाट इ. दिनेश भट्टराई केन्द्रीय सदस्यमा

पाल्पाको बगनासकालीमा बेवारिसे शव फेला, प्रहरी अनुसन्धानमा

रैनादेवीको भुवनपोखरीमा परम्परागत मौलिक तीज गीत प्रतियोगिता सम्पन्न,संस्कृति जगेर्नाको अभियान सुरु

नागरिकको घरदैलोमा रैनादेवी छहरा गाउँपालिका , ३०० भन्दा बढी नागरिक लाभान्वित

रैनादेवी छहराका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

वर्षाका कारण गुल्मीमा कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

संघीय खानेपानी कार्यालय स्थानान्तरणको विरोधमा अर्घाखाँचीका राजनीतिक दलहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पाल्पाको दोभान कालीरहमा सडक भासियो

रिब्दीकोटमा आपसी विवाद कुटपिटमा परिणत, ४० वर्षीय पुरुषको मृत्यु

तानसेन खानेपानी उपभोक्ता समितिको धारणा — उपभोक्ता हित नै पहिलो प्राथमिकता

पर्वतको पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान

रैनादेवी गाउँपालिकाको बजेट बहुमतले पारित, ८० करोड ४६,लाखको बजेटले के दिन्छ जनतालाई ? पूर्ण विवरण हेर्नुहोस्

तानसेन नगरपालिकाको १ अर्व ४६ करोडको बजेट प्रस्तुत

माथागढीको नीति तथा कार्यक्रम पारित

जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

शिक्षक सम्मान खानीगाउँमा: बगनासकालीको प्रेरणादायी कार्यक्रम

तानसेन नगरपालिकाको १७औं नगर सभा प्रारम्भ, १ अर्ब ४६ करोड बढीको बजेट सार्वजनिक

आव २०८२/०८३ को बजेट प्रतिनिधि सभाबाट पारित

तानसेनमा सञ्चालित स्वास्थ्य योग शिविर सकियो

शीत काव्य समाजद्वारा पाँचौं वार्षिक दिवस कृति लोकार्पण र सम्मानसहित सम्पन्न

पाल्पामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

रिमिघा वन क्षेत्र प्रवेशमा रोक

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

कोटिहोममा भजन प्रतियोगिताको पुरस्कार वितरण

टि-२० सिरिज : सोमपाल र गुलसन नेपाल फर्किए, थपिएका ३ खेलाडी स्कटल्याण्ड प्रस्थान

संदमा बोल्दै गृहमन्त्रीले भने- नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिवद्ध छु

तानसेनमा महिलाका लागि नेल एक्सटेन्सन एण्ड नेल आर्ट तालिम सुरु

तानसेनमा ४० जना युवालाई सीपमूलक तालिम सुरु

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल अभ्यास आदान–प्रदान

रामपुरमा मेलमिलाप केन्द्रको अनुगमन तथा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम

रामपुर ५ मा वाद्यवादन सामग्री वितरण

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

दुर्घटनामा बाँच्न सफल बिश्वासकुमार भन्छन उडेको ३० सेकेन्डमै दुर्घटना भयाे

कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् ।
 उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य स्वागत गरे ।
राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् ।

महायज्ञका सङ्कल्पकर्ता महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए ।
देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजजीले देवी र माताको प्रवचन श्रवण गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।
राष्ट्रिय भजन प्रतियोगिता समापनतर्फ
कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिताको समापन शनिबार हुनेछ । संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा तीन सय पाँच टिमले सहभागिता जनाएका छन् । शुक्रबारसम्ममा दुई सय ५२ टिमले आआफ्ना भजन प्रस्तुति राखिसकेको उनले बताए । विभिन्न कारणले केही सहभागी टिम आउन नसकेको उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेले तीन लाख ५१ हजार पाँच सय पाँच, द्वितीय हुनेले दुई लाख ५१ हजार पाँच सय पाँच, तृतीय हुनेले एक लाख ५१ हजार पाँच सय पाँच र सान्त्वना स्थान हासिल गर्नेले ६५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
छ सय ५० युनिट रगत संकलन

कोटीहोममा आयोजित खुला रक्तदान कार्यक्रम जारी छ । हालसम्म छ सय ५० युनिट रगत संकलन भएको आयोजकले जनाको छ । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि कोटीहोममा सहभागीले रक्तदान गरेका हुन् । कोटीहोम समापनसम्ममा एक हजार बढी युनिट रगत संकलन हुने अपेक्षा गरिइएको छ ।

शिवको मूर्ति र शिवलिङ्ग आकर्षण

कोटीहोममा सहभागी हुने भक्तजनको आकर्षणको केन्द्रविन्दु विशाल शिव मूर्ति र शिव लिङ्ग हुने गरेको छ । यसमा भक्तजनको मात्र होइन धेरैको ध्यान खिचेको छ । शिव मूर्ति र शिव लिङ्गको अगाडि बसेर फोटो खिच्नेको भिड नै लाग्ने गरेको छ ।

सामाजिक सञ्जालमा पनि शिव मूर्ति र शिव लिङ्गको धेरैले प्रशंसा गरेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । शिव लिङ्ग एक करोड थान रुद्राक्षबाट बनाइएको छ । यस प्रकारको शिव लिङ्ग अन्यत्र कहीँ पनि नबनेको आयोजकको दावी छ । शिवमूर्ति निकट भविष्यमा स्याङ्जामा राख्ने तयारी भइरहेको छ ।

यस्तै एक सय हवन कुण्डले पनि भक्तजनको ध्यान खिचेको छ । राधिका दासीले पनि हवन कुण्डको निकै प्रशंसा गरेकी छन्् । एक सय हवन कुण्ड एकै स्थानमा कहीँ पनि नभएको उनको दावी छ ।

भक्तजनको संख्या १५ लाख बढी, शनिबार तीन लाख आउने अपेक्षा

प्रचारप्रसार संयोजक ढकालका अनुसार कोटीहोममा हालसम्म १५ लाख बढी भक्तजन सहभागी भएका छन् । कोटीहोम समापनतर्फ उन्मूख भइरहँदा भक्तजनको सहभागिता बढ्दै गइरहेको छ । कोटीहोममा बिहीबार दुई लाख र शुक्रबार एक लाख २० हजार भक्तजन सहभागी भएको उनको दावी छ ।

शनिबार करिब तीन लाख भक्तजन आउने सहभागी हुने अपेक्षा गरिएको छ । शनिबार बिदाको दिन र राधिका दासीको प्रवचन शुरु हुने भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ ।

संयोजक ढकालले पोखरामा आयोजित कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्न सफल भएको बताए । कोटीहोममा भारतबाट नै गाडी रिजर्भ गरेर हजारौँ भक्तजन आएको उनको भनाइ छ । संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् ।

शुक्रबार जगत गुरु शंकराचार्य माता हेमानन्द गिरिजी महाराज, पूर्वमन्त्री मेटमणि चौधरी र शेरबहादुर कुँवरलगायत सहभागी थिए ।

अधिकारीको शंखघोष

कोटीहोममा बिहीबार हिन्दूराष्ट्रको शंखघोष गरिएको थियो । पोखरा-१७ महतगौँडा, सीतापाइलास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरका गुरु कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।

शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । साथै कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका हुन् ।

कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खवर