पाल्पा। यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार गण्डकीले ल्याएको उक्त नियमावलीका कारण आन्दोलनमा रहेका सार्वजनिक यातायातका व्यवसायीहरू वार्तापछि आन्दोलनबाट पछि हटेका हुन् ।



गएराति भएको सहमतिको ड्राफ्ट आजै साँझ गण्डकी प्रदेश सरकारसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको थियो । सोही अनुसार, गण्डकी सरकारले एक महिनाका लागि नियमावली स्थगित गरेको छ ।
सोही आधारमा आन्दोलनका सबै कार्यक्रम छाडेर व्यसायीले सवारी चलाउने भएका हुन् ।









