काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन ‘अधिकतम पहल गर्ने’ निर्णय गरेको छ ।
बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकबाट रचनात्मक ढंगले निकास निकाल्न पहल गर्ने निर्णय गरिएको हो ।



“हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहनेछ । सिर्जनात्मक रचनात्मक ढंगले हामी निकास निकाल्न लाग्नेछौँ,” बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने










