अहमदाबाद । भारतको अहमदाबादमा भएको बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन् । बाच्न सफल भारतिय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश बाँच्न सफल भएको हिन्दुस्थान टाइम्समा समाचार छ । उनकाे हाल असारवास्थित सिभिल अस्पतालको सामान्य वार्डमा उपचार भइरहेकाे छ ।
विश्वासले विमान उडेको १० सेकेन्डमै जहाजमा समस्या सुरु भएको बताएका छन् । ‘उडेको ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान खस्यो । सबै कुरा यति चाँडो भयो कि सोच्नै सकिएन,’ उनले भने ।



दुर्घटनाबाट घाइते भएका विश्वासलाई लाई छाती, आँखा र खुट्टामा चोट लागेको छ । बिहीबार दिउँसो १ः५४ बजे उडेर बेलायतको ग्याटविकतर्फ जान लागेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान केही मिनेटमै दुर्घटनाग्रस्त भएर आगो लागेको थियो ।
दुर्घटनामा जीवित रहन सफल विश्वास केही दिनका लागि भारत आएका थिए । उनी आफ्ना ४५ वर्षीय दाजु अजयकुमार रमेशसँगै बेलायत फर्किँदै थिए । विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए । अन्य कोही पनि जीवित भएको पुष्टि भएको छैन ।
हालसम्म २०४ जनको शव भेटिएको छ भने बाँकी ३८ जनाको अवस्थाबारे कुनै आधिकारिक जानकारी आएको छैन ।









