पाल्पा, रामपुर नगरपालिका न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ । न्यायिक समितिले वडामा हुने विवादको निरुपण र केन्द्रको अवस्थाको अनुगमन संगै मेलमिलापलाई थप प्रभावकारी बनाउनका लागि सुझाव संकलन गरेको हो ।
यस्तै मेलमिलाप केन्द्रको अनुगमन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक बाल कुमारी थापाले न्यायोचित नगरपालिका निर्माणका लागि वडाभित्र हुने विभिन्न विवाद तथा मुद्दालाई छलफल र मेलमिलापको माध्यमबाट समाधान गर्नु पर्नेमा जोड दिनुभयो । साथै मेलमिलापका लागि जनप्रतिनिधि र मेलमिलापकर्ता विच सहकार्य र समन्वय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । मेलमिलापका लागि वडामा भएका समस्या र मेलमिलापकर्ताको सहजताका लागि आगामी नीति तथा कार्यक्रममा मेलमिलाप सम्बन्धी कार्यक्रमलाई थप परिस्कृत गरेर समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले आफ्नो जिम्मेवारी अनुसार सबै सूचिकृत मेलमिलापकर्तालाई मेलमिलाप गर्न आग्रह समेत गर्नु भएको छ ।

रामपुर नगरपालिका वडा नं.६ का अध्यक्ष दिवाकर देवकोटाले वडामा हुने विवाद र मुद्दाको कौशलता पूर्वक मेलमिलाप गर्दै आएको बताउनुभयो । साथै मेलमिलापकर्ताले समन्वय गरेर काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य शारदा आचार्य,वडा सदस्य थममाया नेपाली दर्जी,प्रकाश बहादुर कुमाल,हरिनाथ ढुङ्गाना,मेलमिलापकर्ता ईश्वरी गैरे,जनकराज ढकाल र पुष्पराज भण्डारीले बोल्दै जनप्रतिनिधि र मेलमिलापकर्ताविच सहकार्य गरेर वडाभित्र हुने विवादको समाधान गर्दै आएको बताउनुभयो ।
न्यायिक समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको छलफल कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यस्तै रामपुर नगरपालिका वडा नं.४ मा भएको अनुगमन तथा छलफल कार्यक्रममा वडा नं.४ का अध्यक्ष राम बहादुर रानाले वडाका मेलमिलापकर्ताहरुको कार्य सम्पादन उत्कृष्ट रहेको भन्दै थप प्रभावकारी बनाउन सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । साथै मेलमिलाप केन्द्र र मेलमिलापकर्तालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै वडा सदस्य मोहन सिं राना, मोहमद अजिम शेखले बोल्दै वडाबाट सूचिकृत सबै मेलमिलापकर्ता नियमित उपस्थित नहुँदा केही मेलमिलापकर्तालाई मात्र भार परेको भन्दै सबैले दायित्व निभाउनु पर्ने बताउनुभयो । यसैगरी मेलमिलापकर्ता विष्णु सेन,जुनु शेख र सायबा वेगमले बोल्दै वडाका धेरै विवाद र मुद्दाको मेलमिलाप गरे पनि मेलमिलाप केन्द्रको कार्यालय व्यवस्थित नहुँदा समस्या भएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं.४ को सभाहलमा भएको छलफल कार्यक्रम उपप्रमुख तथा न्यायिक समिति संयोजक बाल कुमारी थापाको अध्यक्षता र न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो । मेलमिलापलाई सहज र प्रभावकारी बनाउनका लागि रामपुर नगरपालिका न्यायीक समितिले नगर भित्रका मेलमिलाप केन्द्रको अनुगमन तथा मेलमिलापकर्ताहरुसंग छलफल गर्दै आएको छ ।