तानसेन — महिला सीप विकास कार्यक्रम अन्तर्गत तानसेनमा तीन दिने आधारभूत ‘नेल एक्सटेन्सन एण्ड नेल आर्ट’ सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ । तालिम सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको सहयोगमा, तानसेन नगरपालिकाको समन्वय तथा व्यवस्थापनमा, र मितिनी नेपाल तानसेन–२ को आयोजनामा सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले गर्नुभएकेा हेा । उद्घाटन सत्रमा बोल्दै सांसद रानाले महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम अत्यावश्यक रहेको धारणा राख्नुभयो । उहाँले, पूर्वाधार निर्माण मात्र विकास होइन, जनतालाई खुशी, सक्षम र आत्मनिर्भर बनाउनु नै साँचो विकास हो । यस्ता तालिमहरूले महिलामा लुकेका क्षमतालाई उजागर गर्न र उद्यमशील बनाउन अवसर दिने बताउनुभयेा ।



सांसद रानाले प्रदेश सरकारले महिला उद्यमशीलता प्रवर्द्धनका लागि मितिनी नेपालजस्ता संस्थाहरूसँग सहकार्य गरेर विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले प्रत्येक नागरिक, विशेषतः महिला, सीपसँग जोडिन आवश्यक रहेको बताउँदै, यस्ता तालिमहरू गरिबी निवारण र सामाजिक सशक्तिकरणका लागि प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
तानसेन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले प्रशिक्षार्थीहरूले तालिम लिएर पनि व्यवसायिक रुपमा अघि बढ्न नसकेको गुनासो सुनाउँदै तालिममा सिकेकेा कुरालाई व्यवहारिकता प्रदान गरि उधमशील बन्न आग्रह गर्नुभयेा । त्यसका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोगका प्रतिबद्धता जनाउनुभयो । उहाले भन्नुभयेा ,तालिम लिएर मात्रै हुदैन, त्यसलाई व्यवसायीकरण गर्न वातावरण बनाउनुपर्छ । स्थानीय सरकारले त्यसका लागि सक्दो सहयोग गर्ने बताउनुभयेा ।
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका अध्यक्ष मित्र प्रसाद गौतमले तालिमको उद्देश्य स्वरोजगार सिर्जना र महिलालाई आत्मनिर्भर बनाउने रहेको बताउँदै, सामाजिक विकास मन्त्रालयअन्तर्गत तालिमका लागि प्रतिष्पर्धात्मक प्रक्रिया अपनाइएर मितिनि नेपालले कार्यक्रम सञ्चालन गरिरहेकेा जानकारी दिनुभयो । देशमा पछिल्लेा समयमा केहि छैन,केहि हुदैन भन्ने भाष्य निर्माण भइरहेकेा समयमा मन्त्रालय,सामजिक डिभिजन कार्यालय पाल्पा र तानसेन नगरपालिकाले महिलाहरूलाई उधमशील बनाउन तालिम सञ्चालन गरेकेा बताउनुभयेा । तालिम पश्चात महिलाहरूले सामुहिक उत्पादनमा जेाडिएर आत्मनिर्भर हुन आग्रह गर्नुभयेा । गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष यादव शर्माले मितिनी नेपालजस्ता संस्थासँग सहकार्य गरेर महासंघले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयेा । कार्यक्रम मितिनी नेपालकी अध्यक्ष सुनिता रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाकी उपाध्यक्ष अन्जना अर्यालकेा स्वागत,कोषाध्यक्ष शान्ती झेडी थापाकेा सञ्चालनमा सम्पन्न भएकेा थियो ।









