ट्रेन्डिङ

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

रैनादेवी गाउँपालिकाको बजेट बहुमतले पारित, ८० करोड ४६,लाखको बजेटले के दिन्छ जनतालाई ? पूर्ण विवरण हेर्नुहोस्

तानसेन असार २८,रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ८० करोड ४६ लाख १२ हजार ८ सय २५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सार्वजनिक बजेट विवरण अनुसार चालू खर्चतर्फ ४९ करोड ७८ लाख ५७ हजार ७ सय ३५ रुपैयाँ र पुँजीगत खर्चतर्फ ३० करोड ६७ लाख ५५ हजार १ सय ५० रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका उपाध्यक्ष युवराज थापाले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटले आत्मनिर्भर उत्पादन, गुणस्तरीय सेवा प्रवाह, रोजगारी सिर्जना र समावेशी विकासमा केन्द्रित नीति ल्याएको छ ।

बजेटमा कृषि, पशुपालन, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सूचना प्रविधि र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ। गाउँसभाको १८औं अधिवेशनमा उपाध्यक्ष युवराज थापाले बजेट प्रस्तुत गर्दै समावेशी विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि निम्न प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

दीगो पूर्वाधार विकास — नियमित सडक मर्मत–सम्भार र अधुरा योजना सम्पन्न गर्न निरन्तरता दिने।कृषि, पशुपालन, खानेपानी तथा सरसफाई कार्यक्रमलाई प्रवर्द्धन र कार्यान्वयन गर्ने,शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, सिँचाइ र स्थानीय पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्ने,रोग नियन्त्रण तथा विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने,पर्यटन, वाणिज्य, वन, उद्योग र सहकारी क्षेत्रको प्रवर्द्धन गर्ने,सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग विस्तार गर्ने,रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रसँग सहकार्य र साझेदारीमा आधारित कार्यक्रम अघि बढाउने,लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक समावेशीकरण सुनिश्चित गर्ने,सामाजिक सुरक्षा कार्यक्रमलाई बलियो बनाउँदै सबैको सहभागिता सुनिश्चित गर्ने,सेवा प्रवाह सुदृढीकरण, सुशासन प्रवर्द्धन, वातावरण संरक्षण तथा बहुआयामिक विकास कार्यक्रमलाई जोड दिएको छ ।

बजेटका उद्देश्य तथा प्राथमिकता कार्यान्वयनका लागि संघीय सरकार, लुम्बिनी प्रदेश सरकार, छिमेकी स्थानीय तहहरू, निजी तथा सहकारी क्षेत्र र स्थानीय विकास संस्थासँग समन्वय एवं साझेदारी गरिने बताईएको छ ।

गाउँपालिकाले “आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार : समृद्ध रैनादेवी छहराको मूल आधार” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकालाई दिगो पूर्वाधार र विकासको मार्गमा अगाडि लैजाने उद्देश्यले गौरवका योजनाहरू अघि सारेको छ।

मुख्यतया, लुम्बिनी प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा गाउँपालिकाका विभिन्न बस्तीहरूलाई सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मोटरबाटो योजनाहरू बजेटमा प्राथमिकताका साथ समेटिएका छन् ।

गौरवका योजनाहरू

सुन्दरेढुङ्गा–जुठापौवा–साँझाण्डी मोटरबाटो,धजावान्ने–तान्सिङ्गल–सातमुरे मोटरबाटो संघ र धजावान्ने–पैठावास–टाँपोखरा, अर्घाखाँची सीमा,तान्सिङ्गल–सोमादी–सपौदी–मंग्रान–मनभाग मोटरबाटो,यी मोटरबाटोहरू प्रदेशसँगको समपूरक योजनाका रूपमा अघि बढाइएका हुन् ।

गौरवका योजनाका लागि बजेट विनियोजन

गौरवका योजना कार्यान्वयनका लागि जम्मा रू. ६,४१,३०,००० (छ करोड एकचालीस लाख तीस हजार) बजेट विनियोजन गरिएको छ। बजेट विवरण यसप्रकार रहेको छ

संघीय समपूरक कार्यक्रमबाट : रु. २,३७,००,०००/-प्रदेश समपूरक कार्यक्रमबाट : रु. ७५,००,०००/-गाउँपालिका स्रोतबाट : रु. ३,२९,३०,०००/ यस अतिरिक्त, गाउँपालिकालाई सडक सञ्जालमा पूर्ण रूपमा आवद्ध गर्नुपर्ने अन्य योजनाहरूको लागि आवश्यक थप बजेट पनि विनियोजन गरिएको छ।

क्रमागत तथा बहुवर्षीय योजनाहरूको लागि विनियोजित बजेट

रैनादेवी छहरा गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ मा अधुरा, क्रमागत र बहुवर्षीय योजनाहरूको कार्यान्वयनलाई पनि विशेष प्राथमिकता दिएको छ।

अधुरा, क्रमागत र बहुवर्षीय योजनाहरूको कार्यान्वयन

विगतका आर्थिक वर्षहरूमा भएका अधुरा योजनाहरू र आर्थिक वर्ष २०८१/८२ मा बहुवर्षीय ठेक्का प्रणालीमार्फत सम्पन्न भएका योजनाहरूको भुक्तानीका लागि पनि रु ५० लाख रकम व्यवस्थापन गरिएको छ।

विशेष योजना बजेट

सुंगुरेढुङ्गा–जुठापौवा–साँझण्डी सडक अन्तर्गत नेपाने–जुठापौवा मोटरबाटोमा रु ५० लाख विनियोजन गरिएको छ।

वडा स्तरका योजना र विकास कार्यक्रमहरू

हरेक वडाको सन्तुलित विकास सुनिश्चित गर्न सम्बद्ध वडा स्तरबाटै कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइनेछ। यसरी सञ्चालन हुने आयोजनाहरूका लागि प्रत्येक वडामा न्यूनतम रकम विनियोजन गरिनेछ भने गाउँपालिकाबाट पनि अतिरिक्त सहयोग प्रदान गरिनेछ।

दुई तहबाट हुने यस बजेट व्यवस्थापनले वडा स्तरीय योजना र कार्यक्रमहरूलाई मजबुत बनाउनेछ र यसले वडागत मात्र नभई समग्र गाउँपालिकाको समुन्नत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखिएको छ।

रैनादेवी छहरा गाउँपालिकाले “वर्तमानको आवश्यकता — कृषिमा आत्मनिर्भरता” भन्ने नारालाई आत्मसाथ गर्दै “एक गाउँ, एक उत्पादन” योजना अनुरूप कृषिलाई व्यवसायिक बनाउन, आधुनिक यन्त्र र प्रविधिको प्रयोगलाई जोड दिँदै उत्पादनको मात्रात्मक र गुणस्तरीय वृद्धिमा जोड दिएको छ।

बजेट विनियोजन:

कृषी विकास र पशुपालन क्षेत्रको समग्र प्रगतिको लागि:संघीय सरकारबाट: रु. करोड १६ लाख,गाउँपालिकाबाट: रु. ५० लाख,कृषी यन्त्र, उपकरण र सामग्री खरिदका लागि विशेष बजेट व्यवस्था गरिएको छ।उत्कृष्ट कृषकहरूलाई प्रोत्साहन गर्न तालिम र पुरस्कारका लागि आवश्यक रकम विनियोजन गरिएको छ।सहकारीमार्फत उत्पादित दूध, मासु लगायतका उत्पादनहरूको लघु उद्योग/ढुवानीमा अनुदान स्वरूप रु. १२ लाख छुट्याइएको छ।

अन्य कार्यक्रमहरू:

समूह गठन गरी व्यवसायिक कृषिमा इच्छुक युवाहरूलाई आकर्षित गर्ने तथा गाई/भैसी पालन र अन्य पशुपालन क्षेत्रमा सहकार्यको व्यवस्था गरिएको छ।पशु औषधि खरिद, नस्ल सुधार, मौरी पालन र कृषक–पशु सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको छ।साना सिंचाइ पाइप वितरण, अकवरे खुसाउने कार्यक्रम, उखु पकेट कार्यक्रम, बीउ प्रवर्द्धन कार्यक्रम, कृषी पर्यटन र औद्योगिक मेलाका लागि आवश्यक रकम छुट्याइएको छ।

संघीय अनुदान:

संघीय स्तरबाट कृषी तथा पशुपंक्षी विकास कार्यक्रमका लागि रु. ७५ लाख अनुदान प्राप्त भएको छ र आवश्यकताअनुसार यो रकम प्रभावकारी रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ।

पर्यटन विकास

रैनादेवी छहरा गाउँपालिका आगामी आर्थिक वर्षमा पर्यटन हबको रूपमा विकास हुँदै जाने उद्देश्यले योजना अघि बढाइरहेको छ। यसका लागि गाउँपालिका भित्रका प्रमुख पर्यटन स्थलहरूको विकास तथा समृद्धिका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी पूर्वाधार निर्माणमा जोड दिइने बताईएको छ ।

साथै, यस क्षेत्रमा रहेका धालमुक क्षेत्रका ऐतिहासिक मठ मन्दिरहरू र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गरी स्थानीय पर्यटनलाई उत्प्रेरित गरिने बताईएको छ ।

बजेट विनियोजन

कालिका मन्दिर व्यवस्थापनका लागि: रु. ५ लाख,रैनादेवी मन्दिर शौचालय निर्माणका लागि: रु. ५ लाख,होमस्टे सञ्चालन र प्रवर्द्धनका लागि: रु. ५ लाख गाउँपालिकाले यी पर्यटन कार्यक्रमहरूलाई सफल बनाउने दृष्टिकोणले आवश्यक बजेट व्यवस्थापन गरेको छ।

सहकारी तथा वित्तीय क्षेत्रको विकास

रैनादेवी छहरा गाउँपालिकाले सहकारी क्षेत्रलाई उत्पादनसँग जोड्ने नीति अवलम्बन गर्दै कृषिमा आधारित सहकारीहरूको विस्तार र प्रवर्द्धनमा विशेष जोड दिने योजना बनाएको छ। यसका लागि समग्र सहकारी क्षेत्रको सशक्तिकरण र दिगो विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

बजेट र कार्यक्रमहरू:

सहकारीमार्फत मासु र दूध बिक्री गर्ने किसानहरूको प्रोत्साहनका लागि ढुवानी अनुदानका लागि बजेट छुट्याइएको छ।सहकारी संस्थाहरूको सेवा जनमैत्री बनाउन आवश्यक पहल र सुधारहरू गरिनेछ, जसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

गाउँपालिकाले सहकारी तथा वित्तीय क्षेत्रको समृद्धिका लागि आवश्यक स्रोत र व्यवस्थापन गर्दै दिगो आर्थिक विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

शिक्षा क्षेत्रको विकास

रैनादेवी छहरा गाउँपालिकाले समाजको ज्योति मानिने शिक्षा क्षेत्रको स्तर सुधारमा विशेष ध्यान दिँदै, शिक्षा पहुँच विस्तार र गुणस्तरीय विकासमा जोड दिएको छ। यसअन्तर्गत निम्न कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर रु. २ करोड ४६ लाख ७० हजार बजेट विनियोजन गरिएको छ।

प्रमुख कार्यक्रमहरू:

प्रारम्भिक बाल विकास र शिक्षा पहुँच विस्तार,शैक्षिक प्रोत्साहन कार्यक्रमहरूको निरन्तरता,शिक्षाको गुणस्तर र पहुँच कायम राख्ने कार्य,शिक्षालाई व्यवसायिक र स्वरोजगार उन्मुख बनाउने पहल गरिएको छ।

व्यवस्थापन र तालिम

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका लागि तालिमको व्यवस्था,कक्षा १ देखि १२ सम्मको परीक्षा सञ्चालन,शिक्षा विकाससँग सम्बन्धित अन्य खर्चहरूका लागि पर्याप्त बजेट छुट्याइएको छ ।

कर्मचारी तलब र विद्यार्थी सुरक्षा

ई.सि.डी., लेखा कर्मचारी र प्रशासनिक सहयोगीहरूको तलबका लागि रु. ८२ लाख -रु. विनियोजन,विद्यार्थी सुरक्षा प्रत्याभूतिको लागि दुर्घटना बीमा कार्यक्रम सञ्चालन ,गाउँपालिका स्तरिय स्थानीय पाठ्यक्रम निर्माण र सञ्चालनमा बजेट व्यवस्थापन गरिएको छ।

खेलकुद र स्वास्थ्य

विद्यार्थीहरूको खेलकुद अभिवृद्धिका लागि राष्ट्रपती रनिङ शील्ड प्रतियोगितामा रु. ५ लाख बजेट,भैरव नवदीप माध्यमिक विद्यालयमा स्वास्थ्यकर्मी व्यवस्थापन,योग शिक्षक प्रशिक्षण, आत्मरक्षा तालिम तथा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण,न्यूनतम एक कम्प्युटर कार्यक्रम सञ्चालन,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम

विशिष्ट बजेट विनियोजन

एक विद्यालयलाई एक कम्प्युटर प्रिन्टर : रु. ३ लाख,विद्यार्थी दुर्घटना बीमा कार्यक्रम : रु. ६ लाख,प्राविधिक शिक्षाका लागि छात्रवृत्ति : रु. १० लाख,विद्यालय समायोजन र दरबन्दी लम्बाउने कार्यक्रम : रु. १ लाख ५० हजार,विद्यार्थीहरूलाई सिपमूलक कृषक कार्यक्रममा जोड्न : रु. २ लाख बजेट छुट्याइएको छ ।

यसरी गाउँपालिकाले शिक्षा क्षेत्रमा समग्र सुधार र पहुँच विस्तार गर्दै गुणस्तरीय शिक्षा प्रवाहमा आवश्यक बजेट विनियोजन गरी दिगो विकासमा जोड दिएको छ ।

स्वास्थ्य सेवा विकास र बजेट विनियोजन

रैनादेवी छहरा गाउँपालिकाले सम्पूर्ण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित विभिन्न स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आवश्यक बजेट विनियोजन गरेको छ।

प्रमुख स्वास्थ्य कार्यक्रमहरू:

स्वास्थ्य बीमा:
सम्पूर्ण गाउँपालिका बासीलाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउन रु. ४ लाख ५० हजार विनियोजन।

स्वास्थ्य ल्याब अनुदान कार्यक्रम:
५०% अनुदानका साथ स्वास्थ्य ल्याब सेवा सञ्चालनका लागि रु. ४ लाख विनियोजन।

आमा स्वास्थ्य कार्यक्रम:
सुत्केरी आमालाई खाना प्रदान गर्ने कार्यक्रमका लागि रु. ५ लाख विनियोजन।

घरमै स्वास्थ्य परीक्षण:
वृद्ध नागरिकको स्वास्थ्य परीक्षणका लागि डाक्टर सहित घरघरमै सेवा प्रदान गर्न बजेट छुट्याइएको छ।

स्वास्थ्य उपचार सहयोग:
पैसाको अभावमा सामान्य रोगबाट मृत्यु नहोस् भन्ने उद्देश्यले रु. १ लाख ५० हजार विनियोजन।

स्वयंसेवक यातायात भत्ता:
स्वयंसेवकलाई दिइने यातायात भत्ता रु. २५० बाट बढाएर रु. २००० गर्ने व्यवस्था, यसका लागि रु. १७ लाख २८ हजार विनियोजन।

स्वास्थ्य जागरुकता कार्यक्रम:
सुनौना हजार दिन कार्यक्रम, जनशक्ति अभिवृद्धि, X-ray मेसिन सञ्चालन र स्थानीय स्वास्थ्य सेवा कार्यक्रमहरूको लागि आवश्यक बजेट व्यवस्थापन ।

समग्र स्वास्थ्य क्षेत्रको लागि बजेट:

कुल रु. १ करोड २२ लाख ७८ हजार विनियोजन गरी नागरिकको स्वस्थ जीवन सुनिश्चित गर्ने योजना।

गौरव योजना: १५ शैयाको अस्पताल सञ्चालन

संघीय सरकारको सहयोगमा रु. ९ करोड ५९ लाख,गाउँपालिकाबाट रु. ५० लाख,अस्पतालको पूरक बजेट रु. ५० लाख,आकस्मिक स्वास्थ्य सेवा हेतु रु. २० लाख,स्वास्थ्य औषधि खरिद हेतु रु. १८ लाख,सुनौता हजार दिन कार्यक्रमका लागि रु. ५ लाख विनियोजन गरिएको छ।

खानेपानी तथा सरसफाइ कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले “स्वच्छ खानेपानी, स्वस्थ जीवन” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गाउँपालिकाका प्रत्येक नागरिकको घरमा स्वच्छ खानेपानी पु¥याउन विशेष महत्व दिएको छ। यसका लागि “एक घर, एक धारा, एक करेसाबारी” कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानी सेवा विस्तार गर्ने योजना बनाइएको छ।

खानेपानी आयोजनाहरु र बजेट विनियोजन

जुकेखोला देलुङ्गा  लिफ्ट खानेपानी रु ६ लाख,निम्दी ताङलसंगि खानेपानी रु १ लाख,सदेवा खानेपानी रु ४ लाख,जुकेगैरा खानेपानी रु २ लाख,असौदी नयाँबस्ती खानेपानी रु ३ लाख,एक घर एक धारा साविक ४ मुझुङ  रु २ लाख एक सल्ला खानेपानी रु १ लाख,गड्यौडे खानेपानी रु १ लाख तिल्केरी लिफ्ट खानेपानी रु ७ लाख विनियोजन गरिएको छ।

यसरी गाउँपालिकाले स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न र सरसफाइमा सुधार ल्याउन प्रभावकारी बजेट व्यवस्थापन गरी दिगो विकासको लक्ष्यमा अघि बढेको छ।

संस्कृति संरक्षण तथा प्रवर्द्धन

रैनादेवी छहरा गाउँपालिकाले स्थानीय मौलिक संस्कृति, परम्परा र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्दै निम्न कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ।

प्रमुख कार्यक्रमहरू:

पञ्चेबाजा संरक्षण कार्यक्रम,सरायँ नाँच, मारुनी, भैलो, सोरठी, लाठे नाँच लगायत परम्परागत लोकनृत्यहरूको प्रवर्द्धन,तीज गीत प्रतियोगिता, नवागी महोत्सव, भजन प्रतिस्पर्धा,स्थानीय मेला तथा सांस्कृतिक महोत्सवहरूको आयोजना

धार्मिक सम्पदाको संरक्षण

रैनादेवी मन्दिर,कालिका मन्दिर, देलुङ्गा  मन्दिर,अमरापुरीधाम गाउँपालिकाभित्र रहेका यी महत्वपूर्ण धार्मिक स्थलहरूको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

बजेट विनियोजन:

स्थानीय लोकसंस्कृति संरक्षण, प्रवर्द्धन तथा मेला महोत्सव आयोजनाका लागि रु. २ लाख ५० हजार विनियोजन गरिएको छ।

गाउँपालिकाले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण गर्दै त्यसलाई पर्यटन, समुदाय सशक्तीकरण र सामाजिक एकताको माध्यम बनाउने उद्देश्य राखेको छ।

युवा, खेलकुद तथा मनोरञ्जन कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले युवा सशक्तीकरण, खेलकुद प्रवर्द्धन र स्वस्थ जीवनशैलीलाई प्राथमिकतामा राख्दै विविध कार्यक्रमहरू अघि बढाएको छ।

प्रमुख कार्यक्रमहरू:

युवा स्वरोजगार कार्यक्रम
पशुपालन व्यवस्थापन, कृषि उद्यम र यान्त्रीकरणमा आधारित स्वरोजगारका लागि आवश्यक रकम विनियोजन।खेलकुद सामग्री वितरण, विद्यालय तथा सामुदायिक खेल टोलीहरूलाई आवश्यक खेल सामग्री उपलब्ध गराइनेछ।अध्यक्ष कप प्रतियोगिताराष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित गाउँपालिका स्तरीय प्रतिस्पर्धा आयोजना।स्थानीय खेलाडी उत्पादन युवा प्रतिभाहरूको पहिचान, प्रशिक्षण तथा प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन।

बजेट विनियोजन:

युवा उद्यमशीलता कार्यक्रम.रु. ५ लाख खेलकुद सामग्री वितरण रु.३ लाख,अध्यक्ष कप प्रतियोगिता रु १० लाख विनियोजन गरिएको छ। गाउँपालिकाले युवाहरूलाई स्वरोजगार, खेलकुद र रचनात्मक क्रियाकलापतर्फ उन्मुख गराउँदै सामाजिक उत्थान र राष्ट्रिय गौरवमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

रैनादेवी छहरा गाउँपालिकाले समान अवसर, समावेशी विकास र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले विविध लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएको छ। विशेष गरी महिलाहरू, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अल्पसक्षम, अनाथ र बिपन्न बालबालिकालाई लक्षित गरी समावेशी कार्यक्रमहरू सञ्चालन गरिनेछ।

प्रमुख कार्यक्रमहरू:

एक महिला एक उद्यमी कार्यक्रम
महिलाहरूलाई सशक्त बनाउँदै स्वरोजगार तथा लघु उद्यममा संलग्न गराउने।

महिला सिपमूलक तालिम कार्यक्रम
महिलाहरूलाई सीप विकास तालिम प्रदान गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने।

ज्येष्ठ नागरिक, अपाङ्ग, दलित, आदिवासी जनजाति लक्षित कार्यक्रमहरू
स्वास्थ्य, सम्मान, पहुँच र अधिकार सुनिश्चित गर्ने अभियान।

बिपन्न, असहाय, अनाथ बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम
शिक्षामा पहुँच विस्तार र संरक्षणलाई लक्षित गर्दै छात्रवृत्ति उपलब्ध गराइनेछ।

“पाँच अ” कार्यक्रम
अशक्त, असहाय, अति विपन्न, अनाथ र अपाङ्गता भएका बालबालिकालाई समेट्ने समावेशी कार्यक्रम।

युवा लक्षित समावेशी कार्यक्रमहरू
सशक्तीकरण, रोजगार र नेतृत्व विकासका लागि लक्षित कार्यक्रम सञ्चालन।

बजेट विनियोजन:

महिला लक्षित सशक्तीकरण कार्यक्रम रु.१५ लाख आदिवासी जनजाति लक्षित कार्यक्रम रु ३ लाख दलित लक्षित कार्यक्रम   रु २ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले समावेशी समाज निर्माण गर्दै सबै वर्ग, समुदाय र व्यक्तिलाई विकासको मूलधारमा समावेश गर्ने प्रतिबद्धता लिएको छ।

सडक पूर्वाधार विकास

रैनादेवी छहरा गाउँपालिकाले समृद्ध गाउँको आधार—सुरक्षित, पहुँचयुक्त र स्तरीय सडक सञ्जाल भन्ने मूल सोचका साथ, यातायात पहुँच विस्तार तथा दीगो विकासका लागि सडक पूर्वाधारमा उल्लेखनीय बजेट विनियोजन गरेको छ।

प्रमुख कार्यक्रमहरू:

गाउँपालिका स्तरीय मुख्य सडकहरूको निर्माण, स्तरोन्नति तथा विस्तार ठूला योजनाहरू संघ तथा प्रदेश सरकारसँगको समन्वयमा समपूरक योजनाको रूपमा अघि बढाइनेछ।

गौरवका योजना अन्तर्गतका मुख्य सडकहरू:

सुन्दरेढुंग्गा–साझण्डी मोटरबाटो: ट्रयाक खोल्ने कार्यको निरन्तरता,धजावान्ने–तान्सिङ्गल–सातमुरे मोटरबाटो धजावान्ने–पेलावास –टाँपोखरा मोटरबाटो कालोपत्रे (ब्ल्याकटप) निर्माणका वडागत सडक सुधार तथा स्तरोन्नति कार्यक्रम प्रत्येक वडामा अवस्थित मोटरबाटाहरूको निर्माण, स्तरोन्नति तथा मर्मतका लागि आवश्यक बजेट व्यवस्था गरेको छ।

सिँचाइ

रैनादेवी छहरा गाउँपालिकाले कृषि उत्पादन वृद्धि र ग्रामीण जीवनस्तर सुनिश्चित गर्न सिँचाइ पूर्वाधारलाई उच्च प्राथमिकता दिएको छ। सिँचाइ सुविधा अभावका कारण बाँझिएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यका साथ विभिन्न आयोजनाहरू अघि बढाइएको छ।

प्रमुख सिँचाइ आयोजनाहरू:माझकुलो सिँचाइ योजना,कालिमाटी घेरा सिँचाइ योजना ठुलो कुलोसिँचाइ योजना अर्चले कुहो सिँचाइ योजना साथै गाउँपालिकाभित्रका अन्य उपयुक्त स्थानहरूमा सिँचाइ योजनाहरू संचालन गरिनेछ।  अन्य सम्भावित सिँचाइ योजनाहरूको लागि आवश्यक बजेट विनियोजन गरिएको छ, जसले किसानहरूलाई प्रत्यक्ष लाभ पु-याउने अपेक्षा गरिएको छ।

वन तथा भू-संरक्षण कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले वातावरण संरक्षण, भूमिको दीगो उपयोग र बाढी–पहिरो जस्ता प्राकृतिक विपद्‌को न्यूनीकरण गर्न वन तथा भू-संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

भू-संरक्षण कार्यक्रम
माटोको कटान, भूक्षय र पहिरो नियन्त्रण गर्न वृक्षारोपण, ग्याबियन पर्खाल, डाईभरसन निर्माण आदि।

वन संरक्षण तथा प्रवर्द्धन कार्यक्रम
स्थानीय सामुदायिक वन समूहहरू सँगको सहकार्यमा वन क्षेत्रको संरक्षण र व्यवस्थापन।

आपत्‌कालीन बाढी/पहिरो नियन्त्रण कार्यक्रम
बाढी, पाहीरोलगायत प्राकृतिक विपद्का उच्च जोखिम क्षेत्रहरूमा जोखिम न्यूनीकरण पूर्वाधार निर्माण बाढीरपहिरो नियन्त्रण तथा विपद् व्यवस्थापन कार्यक्रम रु ३०,००,००० तिस लाख बजेट विनियोजन गरेको छ।

वातावरण तथा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण, स्थानीय विपद् व्यवस्थापन क्षमता अभिवृद्धि तथा दीगो र लचिलो समुदाय निर्माण लाई लक्ष्य बनाई निम्न कार्यक्रमहरू अघि सारेको छ।

विपद् व्यवस्थापन सामग्री तथा पूर्वतयारी कार्यक्रम,गाउँपालिकास्तरीय जाली ग्याबियन खरिद।वडा कार्यालय तथा प्रहरी चौकीमा आवश्यक विपद् प्रतिकार्य सामग्री  को व्यवस्था।विपद् उद्दार समूह गठन नगर प्रहरी व्यवस्थापन कार्यक्रमको लागि आवश्यक विनियोजन गरेको छ ।

सेवा प्रवाह, नागरिक पहुँच र संस्थागत सुदृढीकरण

रैनादेवी छहरा गाउँपालिकाले जनउत्तरदायी, पारदर्शी र प्रभावकारी स्थानीय शासन प्रणाली निर्माण गर्ने उद्देश्यले सेवा प्रवाह सुधार र संस्थागत दक्षता वृद्धिका कार्यक्रमहरू अघि सारेको छ।

नागरिकमैत्री सेवा प्रवाह,घरदैलोमै सेवा प्रवाह गर्ने प्रणाली लागू,कर्मचारी र जनप्रतिनिधि क्षमतावृद्धि,कम्प्युटर तालिम, जनमैत्री सेवा तालिम, तथा सञ्चार दक्षता तालिम सञ्चालन।,सार्वजनिक उत्तरदायित्व र सहभागिता प्रवर्द्धन,सार्वजनिक सुनुवाई कार्यक्रम,जनतासँग प्रहरी साझेदारी कार्यक्रम,जनतासँग जनप्रतिनिधि रेडियो कार्यक्रम,गाउँपालिकाको बजेट/कार्यक्रम संरक्षण तथा निगरानी कार्यक्रम अनुसार आवश्यक बजेट विनियोजन गरिएको छ।

सुशासन प्रवर्द्धन कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले स्थानीय शासनमा नागरिक विश्वास अभिवृद्धि, सेवाको पारदर्शिता, र भ्रष्टाचार नियन्त्रण लाई प्राथमिकतामा राख्दै सुशासन प्रवर्द्धन का कार्यक्रमहरू लागू गर्दै आएको छ।

नागरिक वडापत्र अद्यावधिक र डिजिटल पहुँच,गुनासो व्यवस्थापन प्रणाली सुदृढीकरण,सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण,सूचना प्रवाहमैत्री सेवा प्रवाह प्रणाली,इ-टेण्डर प्रणालीको अवलम्बन,प्राविधिक उपस्थिति र योजनाको परिणाममुखी कार्यान्वयनका कार्यक्रम अनुसार आवश्यक बजेट विनियोजन गरिएको छ।

यस अधिवेशनमा गाउँपालिकाको विकास योजना, बजेट प्रस्तुतिका साथै विभिन्न सामाजिक, आर्थिक तथा प्रशासनिक विषयमा छलफल गरी आवश्यक निर्णयहरू लिइएको छ। गाउँपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा जनसमुदायको सक्रिय सहभागितामा सम्पन्न यो अधिवेशनले आगामी आर्थिक वर्षका लागि ठोस योजना र नीति निर्धारण गर्ने बाटो तय गरेको छ।

असार २७ गते बुधबार बहुमत मतले पारित बजेटले समग्र विकासका प्राथमिक क्षेत्रहरूमा लगानी गर्दै स्थानीय जनताको जीवनस्तर सुधार गर्ने उद्देश्य गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताउनु भयो ।

 

 

सम्बन्धित खवर