पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका(७ पालुङ मैनादीमा आपसी विवादमा कुटपिट भएपछि एक पुरुषले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ४० वर्षीय रामबहादुर अर्गालीको मृत्यु भएको हो ।सोही ठाउँमा बस्ने भपिन्द्र बहादर खाम्चासँग आइतबार दिउँसो सामान्य विवाद भएपछि कुटपिटबाट खर्गाली घाइते भएका थिए । घटना लगत्तै उनलाई उपचारका लागि पाल्पाको तनसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याइएकोमा उपचारपछि आफूखुसी उनी घर फर्किएका थिए । उपचारपछि घर फर्किएका अर्गालीको सोमबार राती मृत्यु भएको थियो ।उनको शवलाई थप अनुसन्धानका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ । कुटपिटमा संलग्न भपिन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।












