
पाल्पा–पाल्पा जिल्लाको माथागढी १ चिदिपानि,बुढीकोटमा स्थायी घर भएकी कल्पना अधिकारी २०६८ सालमा सरकारी सेवामा प्रवेश गरिन् ।निजामती सेवाप्रति खासै रुचि नभएकी अधिकारीलाई सरकारी सेवाभन्दा उद्यमी बन्न मन थियो ।सरकारी सेवामा कुनै सिर्जनात्मकता हुँदैन, अवसर हुँदैन र सेवाग्राहीले पनि राम्रो दृष्टिकोणले हेर्दैनन् भन्ने उनको बुझाई काम गर्दै जाँदा परिवर्तन हुँदै आयो ।
तर उनै कल्पना आज विभिन्न मेहनत र परिश्रमका कारण उनी सम्मानित भएकी छन । सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने क्रममा उनलाई ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मान गरिएको हो ।उनी उत्कृष्ट पाँच जनाभित्र कर्मचारी भित्र परेर सम्मानित भएकी हुन ।
२०६८र६९ इन्जिनियर ( भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय,काठमाडौ ।२०६९र७१ इन्जिनियर ( काठमाडौ उपत्यका सड्क बिस्तार आयोजना काठमाडौ , २०७१र७३ इन्जिनियर ( सडक डिभिजन कार्यालय दाङ , २०७३र७५ इन्जिनियर ( सडक सुधार तथा बिकास आयोजना निर्देशनालय काठमाडौ ,२०७५र७६ ( का।मु। योजना प्रमुख सहजपुर बोगटान दिपायल ,मरामा गुलेरिया नेपालगन्ज सडक योजना कैलाली ,२०७६र७८ इन्जिनियर ( नागढुङ्गा सुरुङ्गमार्ग आयोजना ललितपुर २०७८र७९ का।मु। योजना प्रमुख( कालिगण्डकी करिडोर ९ गौंडाकोट राम्दी मालढुङ्गा ० सडक योजना पाल्पा,गरी दजनै सरकारी कायालयको जिम्मेवारी सहाल्दै आएकी कल्पना हाल सडक विभाग ललितपुरमा कार्यरत रहेकी छन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासनिक कामबाट सरकारी सेवाको सुरुवात गरेकी उनी एक वर्षपछि उपत्यका सडक विस्तार परियोजनामा सरुवा भयो । त्यसपछि भने उनले आफूले चाहेको काम गर्ने अवसर पाइन् । यसले उनलाई सरकारी सेवाप्रति उत्साहित बनायो ।
२०६९ सालमा काठमाडौँ उपत्यकाको सडक सुधार हुँदा उनले त्यस परियोजनामा इन्जिनियरको रूपमा काम गरिन् । सडक विस्तार योजना अनुसार सार्वजनिक जग्गामा बनेका घरहरू भत्काउनु पर्ने थियो । तर, घर भत्काउने काम त्यति सजिलो थिएन । गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, कृष्ण पाउरोटी–जय नेपाल रोड, माइतीघर–भद्रकाली रोड, एनके सिंह मार्ग उनको जिम्मामा थियो ।
उक्त क्षेत्रमा पर्ने सरकारी जग्गामा घर बनाएर बस्नेहरूले विरोधका कार्यक्रमहरू गरिरहेका थिए । त्यस ठाउँमा निर्माण भएका संरचना भत्काउन खटिएका कर्मचारीप्रति स्थानीयहरू आक्रामक बनेका थिए । कल्पना परियोजना कार्यान्वयनको अग्र पङ्क्तिमा थिइन् । कतिले त व्यक्तिगत धम्की पनि दिए ।उनले पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिइन् । आक्रोशित स्थानीयलाई शान्त पार्न परामर्श सँगै यथार्थपरक विकासको नमुना प्रस्तुत गर्ने आश्वासन दिइन् ।
उनले जिम्मेवारी पाएको क्षेत्रमा काम गर्ने कर्मचारी सबै महिला मात्र थिए । त्यसले गर्दा पनि स्थानीयहरूलाई उनको काम प्रति विश्वास थिएन । धेरैलाई त समयमै काम सकिन्छ भन्नेमै शङ्का थियो । तर, उनले नेतृत्व गरेको समूहले तोकिएको समयभन्दा अगाडी नै जिम्मेवारी पुरा ग¥यो । त्यस लगत्तै २०७० सालमा महालेखा परीक्षकको कार्यालयले परियोजनाको सामाजिक परीक्षण ग¥यो । त्यही क्रममा उसले परियोजना वरिपरिका स्थानीयहरूसँग छलफल गरेको थियो । परियोजना शुरु हुनुभन्दा पहिले विरोध गर्नेहरूले पनि त्यस बेला परियोजना कार्यान्वयन टिमको खुलेर प्रशंसा गरेका थिए ।
२०७२ सालमा उनी दाङ सरुवा भएर गइन् । उनी त्यहाँ गएको केही समय मात्र भएको थियो । दसैँको बेला सबै प्राविधिक टिम छुट्टिला थिए । घोराही, मुक्तिनाथ जाने सडकको जलजलामा ठेकेदारले सडक कालोपत्रे गरिरहेको थियो । अलकत्रा तताउने ठाउँ टाढा थियो । जसले गर्दा कालोपत्रे गरेको ठाउँको अलकत्रा हातले सजिलै उप्काउन सकिन्थ्यो । यो सबै देखिसकेपछि उनले गुणस्तर भएन, फेरी काम गर्नु भनेर ठेकेदारलाई पत्र काटेर पठाइन । तर, ठेकेदारले पत्रको वास्ता नगरी काम सक्यो । स्थानीयले सडक कम गुणस्तरको भएका थाह पाएपछि चर्को विरोध गरे । अधिकारीले स्थानीयलाई मापदण्ड अनुसार सडकको गुणस्तर नबनाउँदा सम्म ठेकेदारलाई भुक्तानी नगर्ने आश्वासन दिइन । सोही अनुसार ठेकेदार कम्पनीले पुनः काम गरेर गुणस्तर सुनिश्चित ग¥यो । आक्रोशित स्थानीय शान्त भए ।




कालीगण्डकी करिडोर सडक आयोजना अन्तरगत कार्यवाहक परियोजना प्रबन्धक भएर पाल्पामा जाँदा धेरै ठेक्काहरू८÷९ वर्ष देखि अधुरा थिए । ती मध्ये एउटा मन्द्राङको भीरको बाटो पनि हो । यो ५०० मिटरको ठुलो भीर निकै अप्ठेरो ठाउँमा छ । यहाँ सडक निर्माणका लागि ब्लास्ट गर्न पनि कठिन छ । विशेषज्ञ नहुँदा यस्तो जोखिमयुक्त ठाउँमा काम अगाडी बढ्न सकेको थिएन ।स्थानीयहरूले बाटोको लागि आफ्नो जग्गा दिए, तर आठ वर्षसम्म पनि सडक बन्ने कुरा त परको कुरा, पानीको मुहान सुकेर कुलो बन्द भयो । खेतीपाती गर्न गाह्रो भएपछि उनीहरू वैदेशिक रोजगारीमा जान बाध्य भए । कल्पना अधिकारी त्यहाँ गइसकेपछि अवस्थाको अध्ययन गरिन् । योजना परिमार्जन गरेर कामलाई अगाडी बढाइन् । तलबाट नै भित्ताहरू उठाएर कामको थालनी भयो ।
पर्वतको लमया खोलामाथिको पुल बनाउने भनेको वर्षौँ भएको थियो तर, भौगोलिक जटिलताका कारण जिम्मेवार व्यक्तिले जोखिम लिन नसक्दा योजना अलपत्र थियो । एकले अर्कालाई दोष दिने काम मात्र भइरहेको थियो । अधिकारीले त्यहाँको जिम्मेवारी पईसकेपछी त्यो योजनालाई अगाडी बढाउन सहकर्मीहरूसँग छलफल गरिन् । तर, काममा जोखिम नलिने भनेर सहकर्मीहरू पनि पछि हटे ।
उनले आफैले स्थलगत निरीक्षण गरिन् । आवश्यकताको मूल्याङ्कन गरिन् । पर्वतको कुर्घा देखि फलेवास जोड्ने पुलले स्थानीयको दैनिक सहज बनाउने मात्र नभएर त्यहाँको स्थानीय उत्पादनले पनि बजार पाउने कुरालाई उनले महत्त्वका साथ हेरिन् । यस योजनालाई जसरी पनि अगाडी बढाउन विभागका महानिर्देशक अर्जुन जङ्ग थापालाई पनि स्थलगत निरीक्षणमा लिएर गइन् । प्राविधिक विशेषज्ञसँग परामर्श लिएपश्चात् पुलको नयाँ डिजाइन तयार गरिन् । उनको परिमार्जित योजना विभागले स्वीकृत गरेर अहिले पुल निर्माणको काम अगाडी बढिसकेको छ ।पाल्पाली माटोले जन्माएकी चेली कुशल राष्ट्र सेवक बन्न सकुन हाम्रो पनि शुभकामना छ ।अर्जुन कार्कीको सहयोगमा








